अस्ट्रेलियालीहरूले आस्ट्राजेनेका खोप लगाउन किन मानिरहेका छैनन् ?

९ असार, बीबीसी ।
अस्ट्रेलियाली चिकित्सकहरूले त्यहाँ आस्ट्राजेनेका खोप लगाउने दिन निर्धारण गरेका व्यक्तिहरूले त्यसलाई रद्द गर्ने क्रम बढेको जानकारी दिएका छन्।

त्यहाँको सरकारले गत हप्ता आफ्नो निर्देशिकामा परिमार्जन गर्दै ६० वर्षभन्दा माथिकालाई मात्र उक्त खोप लगाउन सिफारिस गरेपछि यस्तो प्रवृत्ति देखिएको हो।

उक्त खोप लगाएपछि दुर्लभ रूपमा देखिने रगत जम्ने समस्यासम्बन्धी विवरणहरूलाई मध्यनजर गर्दै सरकारले त्यस्तो सिफारिस गरेको थियो। ६० वर्ष मुनिका व्यक्तिहरूलाई फाइजरको खोप लिन सुझाइएको छ तर त्यसको आपूर्ति सीमित छ।
आस्ट्राजेनेका जस्तो विश्वभरि व्यापक रूपमा प्रयोग भएको खोपलाई अस्वीकार गर्ने कुरा अहिले पनि कोभिडको बढ्दो सङ्क्रमणसँग सङ्घर्ष गरिरहेका देशहरूमा अस्वभाविक लाग्नसक्छ।

Advertisement

तर अस्ट्रेलिया कोरोनाभाइरस व्यापक रूपमा नफैलिएका केही देशहरूमध्ये पर्छ। त्यसैले सिड्नी र मेलबर्नजस्ता शहरमा स्थानीय बासिन्दाहरूले कोभिड सङ्क्रमणको जोखिमभन्दा खोपका कारण हुनसक्ने भनिएको रगत जम्ने दुर्लभ घटनाको जोखिमलाई ठूलो रूपमा लिएको हुनसक्छ।

खोपप्रतिको सङ्कोच अस्ट्रेलियामा महिनौँ देखिको समस्या हो। तर विज्ञहरू सरकारको पछिल्लो खोप निरुत्साहित गर्ने खाले कदमले देशव्यापी खोप कार्यक्रमको प्रगतिमा बाधा सिर्जना गर्ने चिन्ता व्यक्त गर्छन्।

रोयल अस्ट्रेलियन कलेज अफ जेनरल प्राक्टिस्नर्स की अध्यक्ष डा. क्यारन प्राइस् भन्छिन्, देशभरि नै मानिसहरूले खोप लगाउन लिएको समय रद्द गरिरहेका छन् अथवा उनीहरूले दोस्रो मात्रा खोप पनि लिनुपर्छ र? भनेर सोधिरहेका छन्।

यसले निश्चय नै खोप कार्यक्रममा ठूलो बाधा सिर्जना गरेको छ, उनले बीबीसीसँग भनिन्। हामीले खोपप्रतिको विश्वासलाई पुनः सङ्गठित गरेर हासिल गर्नैपर्छ, खोप कार्यक्रमलाई कायम राख्नु महत्त्वपूर्ण छ।

हामीसँग अझै पनि खोप लगाउन बाँकी जेष्ठ नागरिकहरू छन् र हामीले समुदायमा पुनः सङ्क्रमण देखिरहेका छौँ।

अस्ट्रेलियाले आस्ट्राजेनेका खोपबारे के भनेको थियो?

अस्ट्रेलियामा गत फेब्रुअरीदेखि खोप कार्यक्रम सुरु भएको थियो र अहिले ४० वर्षमाथिका सबैलाई खोप लगाउन दिइएको छ।

तर हालसम्म तीन प्रतिशत मात्र वयस्क व्यक्तिहरूले खोपको मात्रा पूरा गरेका छन् भने करिब २५ प्रतिशतले पहिलो मात्रा लिएका छन्। अस्ट्रेलिया तुलनात्मक रूपमा पश्चिमी देशहरूभन्दा खोप लगाउने कुरामा निकै पछाडि परेको छ।

त्यसको कारण आंशिक रूपमा मानिसहरूको खोपप्रतिको अनिच्छा हो भने सरकारले खोपको आपूर्ति सुरक्षित गर्न नसक्नु पनि हो। एप्रिलसम्म सरकारले देशको मुख्य खोप भनेकै आस्ट्राजेनेका हुने ठानेको थियो।

त्यसको उत्पादनका लागि स्थानीय स्तरमा प्रयोगशालाहरूको स्थापना पनि भयो। तर जब उक्त खोप लगाएका व्यक्तिमा दुर्लभ रूपमा रगत जम्ने समस्या देखिएको खबर आयो सरकारले ५० वर्षभन्दा कम उमेरका लागि अन्य खोप लगाउन सुझाव दियो।

अस्ट्रेलियासँग रहेको अर्को खोप भनेको निकै थोरै मात्रामा रहेको फाइजर मात्र थियो। सरकारले वर्षको अन्तिम त्रैमासिकमा फाइजर अथवा मोडेर्ना र नोभोभ्याक्सजस्ता अन्य खोपहरूको पर्याप्त आपूर्ति हुने प्रतिबद्धता जनाएको छ।

तर अस्ट्रेलियाको खोप सुरक्षासम्बन्धी निकायले गत साता गरेको निर्णयले आस्ट्राजेनेकाको प्रयोगलाई अझ सीमित बनाइदिएको छ। अब ५० देखि ५९ वर्ष उमेरका थप २० लाख मानिसहरू फाइजरको खोपमा निर्भर हुने समूहमा परेका छन्।

आस्ट्राजेनेकाको जोखिम के हो र किन अस्ट्रेलियालीहरू डराएका हुन् ?

खोप लगाएपछि रगत जम्ने घटनाहरू पचास वर्ष उमेर समूहका व्यक्तिहरूमा बढी पाइएपछि अस्ट्रेलियाले गत साता उसको खोप निर्देशिकामा परिवर्तन गरेको थियो।

उक्त उमेर समूहका पहिलो मात्रा खोप लगाएका प्रति एक लाखमध्ये २.७ जनामा त्यस्तो जोखिम देखिएको छ। ५० वर्षभन्दा कम उमेरका हकमा प्रतिलाखमा ३.१ जनामा रगत जम्ने जोखिम देखिएको छ।

तर विज्ञहरूले त्यस्तो खतरा अझै निकै कम रहेको बताएका छन् र खोपलाई सीमित गर्ने निर्णय अस्ट्रेलियामा थोरै मात्र सङ्क्रमणका मामिला देखिएको कुरालाई मध्यनजर गरेर ल्याइएको बताउँछन्।

अधिकारीहरूले पहिलो मात्रा खोप लिएकाहरूमा रगत जम्ने खतरा सुरु मात्रा लिनेको भन्दा पनि १० देखि १५ गुणाले कम रहेको भन्दै पहिलो मात्रा लिइसकेकालाई दोस्रो मात्रा लिन आह्वान गरेका छन्।

यूकेमा आस्ट्राजेनेका लगाएकाहरूको विवरणअनुसार दोस्रो मात्रा लिएका १० लाखमध्ये १।५ जनामा मात्र रगत जम्ने समस्या देखापरेको थियो।

तर क्लिनिकहरूमा खोपको व्यवस्था गर्ने जेनरल प्राक्टिसनर (जिपि) हरू तथ्याङ्कले मात्र मानिसहरूमा रहेको आशंका नहट्ने बताउँछन्।

त्यस्तैमध्येका एक, मेलबर्न सहरमा कैयौँ क्लिनिकहरू चलाउने जिपि, टड क्यामरनका अनुसार मानिसहरू बरू फाइजर खोप लगाउन चाहन्छन्।

उक्त सहरमा हालै नयाँ सङ्क्रमणहरू देखापरेपछि लगाइएको लकडाउनबाट मुक्त भए पनि खोपको लागि आफ्नो नाम दर्ता गराएका सयौँले आस्ट्राजेनेका खोप नलगाउने भनेर नाउँ दर्ता रद्द गरिदिएका छन्।

उनी भन्छन्, दुईखाले खोप उपलब्ध छन्( एउटा राम्रो र अर्को अलि कम राम्रो, त्यसो भए म किन राम्रो खोप नलगाउने ? भन्ने आम बुझाइ छ।

अस्ट्रेलिया अहिले पनि उसको खोप कार्यक्रमका लागि ठूलो रूपमा आस्ट्राजेनेका खोपमा निर्भर छ। उसले वर्षको अन्त्यसम्म जुन खोप भेटिन्छ त्यसको पहिलो मात्रा लगाउन मानिसहरूलाई अपिल गरेको छ।

तर त्यो लक्ष्य हासिल गर्न आस्ट्राजेनेकाबारेको पछिल्लो धारणालाई सुधार गर्न सरकारले उत्कृष्ट जनस्वास्थ्य सूचना प्रवाह गर्नुपर्ने विज्ञहरू बताउँछन्।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top