३३ वटा इरानी समाचार वेबसाइट अमेरिकाको नियन्त्रणमा

९ असार, एजेन्सी ।
अमेरिकाले इरानबाट सञ्चालित दर्जनौं समाचार वेबसाइट बन्द गरेको छ।

Advertisement

उक्त वेबसाइटले दुष्प्रचार गरेको अमेरिकी आरोप छ। इरानबाट सञ्चालित वेबसाइटहरुले मंगलबार आफ्नो गृहपृष्ठमा अमेरिकाले नियन्त्रणमा लिएको सूचना राखेको छ।

अमेरिकाको अनुसन्धान ब्यूरो र वित्त विभागले नियन्त्रणमा लिएको सूचना वेबसाइटको गृहपृष्ठमा उल्लेख गरिएको छ। परमाणु सन्धि सम्बन्धमा सहमति नहुँदा दुई राष्ट्रबीचको तनाब हाल बढ्दो अवस्थामा छ।

Advertisement

अमेरिकी न्यायिक विभागले इरानको इस्लामिक रेडियो र टेलिभिजनले सञ्चालन गरेको ३३ वटा वेबसाइट नियन्त्रणमा लिएको जनाएको छ। त्यसैगरी, इरानको कट्टरपन्थी समूह हिज्बोल्लाहले सञ्चालन गरेको तीन वटा अन्य वेबसाइटमाथि समेत अमेरिकाले पकड बनाएको छ।

मंगलबार अल आलमटिभीको वेबसाइटमा भनिएको छ, ‘अलआलमटिभी डट नेटको डोमैन अमेरिकी सरकारले नियन्त्रणमा लिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top