रोनाल्डोले एउटै खेलमा बनाएका २ ठुला रेकर्ड

९ असार ७८, बिहीबार

१० असार, काठमाडौं ।

Advertisement

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा अर्को रेकर्ड बनाएका छन्।

युरो २०२० अन्तर्गत समूह चरणको अन्तिम खेलमा फ्रान्सविरुद्ध दुई गोल गर्दै रोनाल्डोले अन्तर्राष्ट्रिय गोल संख्याको कीर्तिमानी बराबरी गरेका हुन्।

Advertisement

रोनाल्डोले इरानका स्ट्राइकर अली दाईले बनाएको सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमानी बराबरी गरेका हुन्। अलीले सन् १९९३ देखि २००६ सम्म इरानबाट खेल्दा १०९ अन्तर्राष्ट्रिय गोल गरेका थिए।

३६ वर्षीय रोनाल्डोले बिहीबार फ्रान्सविरुद्ध दुई गोल गरेसँगै आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १०९ पु¥याए। जारी युरो कपमा रोनाल्डोले पाँच गोल गरिसकेका छन्।

Advertisement

यस्तै, रोनाल्डोले जर्मनीका लिजेण्ड मिरोस्लाभ क्लोजको कीर्तिमान समेत भङ्ग गरेका छन् । रोनाल्डोले क्लोजको नाममा रहेको दुई ठुला प्रतियोगिता विश्वकप र युरोकपमा संयुक्त सर्वाधिक धेरै गोल गर्ने खेलाडीको कीर्तिमान भङ्ग गरेका हुन् ।

फ्रान्सविरुद्धको दुई गोलसँगै रोनाल्डोले विश्वकप र यूरोपकमा गरि संयुक्त २१ औं गोल पूरा गरे । ३६ वर्षीय रोनाल्डोले युरोकपमा १४ र विश्वकपमा ७ गोल गरेका छन् । यस अघि विश्वकप र युरोमा संयुक्त १९ गोल गर्दै क्लोजले कीर्तिमान बनाएका थिए ।

रोनाल्डो युरोकपमा सर्वाधिक धेरै गोल गर्ने कीर्तिमानी खेलाडी समेत हुन् । रोनाल्डाले फ्रान्सविरुद्धको सातौँ खेलमा पहिलो पटक गोल गर्न सफल भएका हुन् । उनले यसअघि भएका ६ खेलमा फ्रान्सविरुद्ध गोल गर्न सकेका थिएनन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top