×

NEPAL TIMES UPDATES

Playing
Top 15 Afternoon News || April-10-2026 || Nepal Times
Apr 10, 2026
Playing
औषधिमा अर्बाैको घोटालामा बालेनको चासो, ७ दिनभित्र मागियो प्रतिवेदनNepal Times
Apr 10, 2026
Playing
America र Iranबीचको वार्ता फाइनल, को–को आउँदैछन् इस्लामाबाद? || Nepal Times
Apr 10, 2026
Playing
बालेनका मन्त्रीलाई प्रलोभनमा पार्ने प्रयास, मन्त्रीले नै खोले रहस्य || Nepal Times
Apr 10, 2026
Playing
American सेना आराम गरिरहेका छन्,Iran को हात ‘ट्रिगर’ मै छ|| Nepal Times
Apr 10, 2026
Playing
श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण|| Nepal Times
Apr 10, 2026
Playing
पेट्रोल, डिजल र खाना पकाउने ग्यासमा भारी मूल्य वृद्धि#PETROL #diseal #GAS #BALEN #NEPAL
Apr 10, 2026
Playing
इ*रान यु*द्ध बन्यो खाडी मुलुकहरूको दुःस्वप्न|| Nepal Times
Apr 09, 2026
Playing
उपसभामुखका लागि रास्वपामा बालेन हाबी ?राप्रपालाई कसले दियो ’धोका’ ? || Nepal Times
Apr 09, 2026
Playing
एमालेमा महाभारत, नेतृत्व हत्याउन ’शीतयुद्ध’, ओलीले के गर्लान् ? || Nepal Times
Apr 09, 2026

सहकारीको ५ करोड हिनामिना आरोपमा गाउँपालिका अध्यक्षसहित २५ जनाविरुद्ध मुद्दा दायर

११ असार २०७८

११ असार, रुपन्देही ।
राप्ती गाउँपालिका–८ स्थित देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोडभन्दा बढी रकम हिनामिना भएको छ ।

रकम हिनामिना गरेको आरोपमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २५ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । सहकारी संस्थाका सदस्यहरुले सहकारीका कर्मचारी र पदाधिकारीविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर भएको हो ।

Advertisement
Advertisement

मुद्दा दर्तापछि सहकारीका चार कर्मचारीसहित पाँच जना पक्राउ परेका छन् । सहकारीका ऋण फाँटका प्रमुख ३३ वर्षीय प्रताप चौधरी, ऋण फिल्ड सहायक ३६ वर्षीय मणिराम भण्डारी, लेखापाल ३७ वर्षीय विकाश न्यौपाने, सहलेखापाल २९ वर्षीय विक्रम राना र उनकी २७ वर्षीया श्रीमती उषा रानाथापा पक्राउ परेका छन् ।

सहलेखापाल रानाले रकम हिनामिना गर्ने कार्यमा मुख्य भूमिका खेलेको र श्रीमतीको समेत त्यसमा मिलेमतो भएको आशंकामा उषालाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दाङ जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले पक्राउ परेकाहरूको बयान बुधबारदेखि सुरु भएको र बिहीबारदेखि अन्यको बयान सुरु भएको जानकारी दिए ।

बयान सकिनासाथ थुनछेक बहस सुरु हुने अदालतका श्रेस्तेदारसमेत रहेका गिरीले जानकारी दिए । सहकारी संस्थामा आबद्ध राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनालाई प्रहरीले फरारको सूचीमा राखेको छ ।

सुवेदी सहकारीका लेखा सुपरिवेक्षण समितिमा आबद्ध छन् । संस्था स्थापनाका क्रममा २०७१ सालदेखि सुवेदी सुपरिवेक्षण समितिमा रहँदै आएको भए पनि केही वर्ष पहिले मात्रै चारवटा सहकारी मर्ज गरेर देउखुरी बचत तथा ऋण सहकारी संस्था निर्माण गरिएको थियो ।

संस्थापकको नाताले नाम रहे पनि पछिल्लो समय अध्यक्ष सुवेदीको सहकारीका गतिविधिमा प्रत्यक्षरूपमा संलग्नता नदिएको अनुसन्धान अधिकारीले जनाएका छन् ।

फरारहरूको हकमा अदालतले छिट्टै पक्राउ पुर्जी जारी गर्ने तयारी गरेको छ । अदालतबाट पक्राउ पुर्जी जारी भएपछि प्रतिवादीहरू आफैं हाजिर हुन नआए प्रहरीले पक्राउ गरेर ल्याउने छ ।

गाउँपालिकाका अध्यक्ष सुवेदीले आफूलाई राजनीतिक रुपमा यो विषयमा मुछेको जनाएका छन् । संस्थापकको नाताले आबद्धता रहेपनि पछिल्लो समय आफू सहकारीको गतिविधिमा सक्रिय नरहेको उनले बताए ।

लेखापाललगायतका केही कर्मचारीहरुको मिलेमतोमा अनियमितता भएको हुँदा सहकारीका पदाधिकारी लगायत सबैलाई विपक्षी बनाई मुद्दा परेको भन्ने कुरा आफूले सुनेको सुवेदीले बताए ।

बिहीबारको गाउँ परिषदको बैठकमा दिनभर बसेको र अदालतले केही खबर नगरेको उनले बताए ।

Advertisement

अदालतले बोलाउनासाथ आफू उपस्थित हुने र अनुसन्धानमा सघाउने बताउँदै उनले बदमासी जसले गरेको भएपनि संस्थापकको नाताले उपस्थित भएर दोषीलाई कानुनी कठघरामा उभ्याउन सघाउने उनको प्रतिवद्धता छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top