नेपालको ‘चुच्चे नक्सा’ र विदेश नीति फेरबदल हुनसक्दैन : प्रधानमन्त्री ओली

१२ असार, काठमाडौं ।

Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, कालापानी क्षेत्र समेटिएको ‘चुच्चे नक्सा’ र नेपालको विदेश नीतिलाई कसैले पनि फेरबदल गर्न नसक्ने बताएका छन् । नक्सा र विदेश नीति कुनै अन्योलमा नभई प्रष्ट आधारमा बनेको चर्चा गर्दै उनले तीन वर्षमा नेपालको परराष्ट्र नीतिले ठोस रूप लिएको बताए ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का प्रवक्ता प्रदीप ज्ञवालीका ‘फरेन पोलिसिज अफ नेपाल ओरियन्टेसन एन्ड प्रायोरिटी र कोभिड–१९ मल्टी डिसिप्लिनरी न्यारेटिभ्स्’ दुई पुस्तक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गरे ।

Advertisement

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शुक्रबार आयोजित कार्यक्रममा ज्ञवालीले परराष्ट्र मन्त्रीका रूपमा आफ्नो तीन वर्ष तीन महिने कार्यकालका महत्वपूर्ण मन्तव्य तथा अनुभवलाई समेटेर तयार पारेको पुस्तक प्रधानमन्त्री ओलीले सार्वजनिक गरे ।

उत्पत्ति कालदेखि नै नेपालले कायम गरेको स्वतन्त्र र सार्वभौम राष्ट्रको हैसियत ऐतिहासिक गौरवको विषय भएको चर्चा गर्नुहुँदै प्रधानमन्त्री ओलीले भने, “छिमेकीका बीचमा सन्तुलित सम्बन्ध कायम राख्नमा मुख्य जोड रहने छ । यसमा हामी चलाखीले काम लिन चाहँदैनौँ र एउटाको विरुद्ध अर्काको ‘कार्ड’ खेल्दैनौँ ।”

Advertisement

नेपालले ‘वसुदैव कुटुम्बकम्’ को ऐतिहासिक परम्परा न्याय र अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरूप एवं साझा हितका आधारमा परराष्ट्र सम्बन्ध अघि बढाउने र त्यसो गरिरहँदा राष्ट्रिय हितको संरक्षणलाई केन्द्रमा राखिने उनले स्पष्ट पारे ।

“सबैसँग मित्रता, छैन कसैसँग शत्रुता भन्ने नीति कसैलाई फितलो पनि लाग्न सक्छ तर यसो भन्नु कुनै कायरता वा निरिहता होइन” उनले भने ।

सन्दर्भ गुमाइसकेका पुराना सन्धिलाई नयाँ परिवेशमा बदल्न नेपालले चाहेको स्पष्ट पार्नुहुँदै प्रधानमन्त्री ओलीले छिमेकी देश भारतसँग भएका सन् १९५० को जस्ता राणाकालीन सन्धि पुनरवलोकनका लागि दुई प्रमबीच भएको सहमति अनुसार चार चार जनाको विज्ञ टोली बनाइएको समेत चर्चा गरे ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top