अर्थतन्त्र चलायमान बनाउने गरी मौद्रिक नीति ल्याउँछौँ : गभर्नर

१२ असार, काठमाडौँ ।

नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई चलायमान बनाउने गरी आगामी मौद्रिक नीति ल्याउन लागेको बताएका छन् ।

नेपाल व्यवस्थापन सङ्घ (म्यान)ले आगामी आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैङ्कलाई सुझाव दिन शुक्रबार आयोजना गरेको भर्चुअल अन्तक्र्रिया कार्यक्रममा उनले भने, “उद्योग र उद्यमी नरहेमा बैङ्क चल्दैन । त्यसैले आगामी मौद्रिक नीति अर्थतन्त्रलाई चलायमान बनाउने गरी ल्याउछौँ । ”

Advertisement

गत साल नीति ल्याउँदा कसरी संस्थालाई सर्भाइभ गर्ने, बैङ्कका ग्राहकलाई कसरी सर्भाइभ गराउने, जसले गर्दा आर्थिक प्रणाली पनि सुरक्षित रूपमा अगाडि बढाउन सकिन्छ भन्ने हिसाबले ल्याइएको भन्दै उनले भने, “अहिलेसम्म सर्भाइभलबाट रिभाइभलमा गइसक्छ भन्ने अपेक्षा थियो तर कोरोनाको दोस्रो लहरले हामीलाई त्यो स्थितिबाट अर्कै ठाउँमा पु¥याइदियो । ”

लामो समयदेखि रोकिएको बैङ्क इन्स्योरेन्सको विषयमा पनि छलफल गरेर टुङ्गोमा पुग्ने भन्दै उनले विगतमा केही नकारात्मक कुरा आएका कारण यसलाई रोकिएको बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top