सर्लाहीमा वडाध्यक्षको हत्या, आरोपी प्रहरी नियन्त्रणमा

११ असार ७८, शनिबार

१२ असार, सर्लाही ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–३ का वडाध्यक्ष सूर्यकुमार श्रेष्ठको हत्या भएको छ।

जेसिबी चालकसँग विवाद हुँदा चालकले शुक्रबार राति जेसिबीको बकेटले हानेर हत्या गरेको प्रहरीले बताएको छ।भक्तिपुरमा केही दिनदेखि पुरानो सरकारी पोखरीलाई खनेर स्तरोन्नति गर्ने काम भइरहेको थियो।

राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्कबहादुर तामाङले नजिकैको होटलमा सँगै खाजा खाएको प्रहरीले बताएको छ।

खाजा खाएर फर्किने क्रममा राति करिब १० बजे चालक तामाङले वडाध्यक्ष श्रेष्ठसँग विवाद हुँदा बकेटले हानेको सर्लाहीको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए।

बकेटले हानेर लडाएपछि माटोले पुरेको देखिएको एसपी राठौरले बताए। घटनाबारे जानकारी पाउनासाथ तत्कालै प्रहरी टोली घटनास्थलमा पुग्दा वडाध्यक्ष श्रेष्ठ अचेत अवस्थामा फेला परेकाले जिल्ला अस्पताल मलंगवा पु¥याइएको थियो। त्यहाँ चिकित्सकले मृत घोषणा गरेका थिए।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार ईश्वरपुर–३ का ३५ वर्षीय प्रेमराज दाहाल र जेसिबीका चालक बरहथवा नगरपालिका–१ हजरियाका ३८ वर्षीय हर्कबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ।

दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई शनिबार बिहान लालबन्दीबाट पक्राउ गरिएको एसपी राठौरले जानकारी दिए।

उनीहरु दुवैलाई जिल्ला प्रहरी कार्यालय मलंवाको हिरासतमा राखिएको छ। मृतक ५५ वर्षीय वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top