आजदेखि माथिल्लो तामाकोशीको बिजुली राष्ट्रिय विद्युत प्रणालीमा जोड्न सुरु

१२ असार ७८, आइतबार

१३ असार, काठमाडौं ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने काम आजदेखि सुरु हुँदैछ ।

राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने काम १९ गते शनिवारसम्म लाग्ने र त्यसका लागि एक हप्ता खिम्ती लामोसाँघु १३२ केभी प्रसारण लाइनबाट भइरहेको बिजुली आपूर्ति बन्द हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

एक हप्तासम्म प्रणालीमा विद्युत नपुग्ने भएकोले ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेशनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगीक ग्राहकहरुको विद्युत बन्द हुन सक्ने प्राधिकरणले जनाएको छ ।

यस्तै प्राधिकरणले यो अवधिमा कुलेखानी जलाशयको पानी प्रयोग गरेर जति सक्दो छिटो विद्युत कटौतीको समय कम गर्ने प्रयास गरिने जनाएको छ ।

आयोजनाको सुरुङ, जलाशय, बाँध लगायतका भौतिक तथा अन्य प्राविधिक संरचनाको परीक्षण यसअघि नै भइसकेको छ ।

वैशाखभित्रै पहिलो युनिटबाट नियमित विद्युत उत्पादन सुरु हुने अनुमान गरिए पनि केही ढिलो गरेर व्यवसायिक उत्पादन गर्न लागिएको हो । अब कुनै पनि समस्या नरहेको आयोजनाले जनाएको छ ।

४ सय ५६ मेगावाट क्षमताका ६ वटा युनिटमध्ये ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत उत्पादनको परीक्षण गरिने आयोजनाका सीईओ विज्ञान प्रसाद श्रेष्ठले जानकारी दिए।

अहिले पनि केही काम भइरहेको र जुनसुकै बेला परीक्षण हुन सक्ने भएकाले सतर्कता र सुरक्षाको लागि सूचना गरिएको उनले बताए।

तामाकोशीको विद्युत यसअघि सिधै ढल्केबर सबस्टेशनमा जोड्ने तयारी भए पनि अब खिम्तीमा जोडेर त्यहाँबाट राष्ट्रिय प्रशारण लाइनमा जानेछ ।

बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही असार मसान्तभित्रै १५२ मेगावाट विद्युत उत्पादन गर्ने भएको छ ।

आयोजना निर्माण सुरु भएको झण्डै १० वर्षपछि सम्पन्न हुन लागेको हो । सुरुवाती लागत ३५ अर्ब रहेको भए पनि अमेरिकी डलरमा आएको उतारचढाव, ब्याजलगायतका कारण लागत भने बढेर झण्डै ८० अर्ब रुपैयाँको हाराहारी पुगेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top