दोलखामा कोरोना अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीमाथि कुटपिट

१२ असार ७८, आइतबार

१३ असार, दोलखा ।
दोलखामा कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीमाथि कुटपिट भएको छ ।

तामाकोशी गाउँपालिका वडा नम्बर ४ मा रहेको कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर रोविश कार्की र कार्यालय सहयोगी टोपबहादुर मिजारलाई युवाहरुको एक समूहले गएराति कुटपिट गरेको हो ।

जाँडरक्सी खाएर आएका युवाहरुले कुटपिट गरेका डाक्टर रोविश कार्कीले जानकारी दिए । आफूमाथि हातपात गर्न थालेपछि भागेर अस्पताल भवनभित्र चुकुल लगाएर ज्यान जोगाएको कार्यालय सहयोगी टोपबहादुर मिजारले बताए ।

घटनामा संलग्न तामाकोशी गाउँपालिका मालुका गोपाल तिमल्सिना, रोशन पोखरेल र बिजुली नेपालीलाई पक्राउ गरी अनुसन्धान थालिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक अञ्जन कोइरालाले जानकारी दिए ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा आगजनी, तोडफोड, कुटपिट, तालाबन्दी वा उपचारको क्रममा बाधा पारे पुर्पक्षको लागी थुनामा राखेर २ देखि ५ वर्षसम्म कैद वा २ लाखदेखि ५ लाख जरिबाना वा दुवै सजाय हुन सक्नेछ ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top