×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आकस्मिक प्रसूति शल्यक्रिया सेवा सञ्चालन गर्न नसक्दा बर्सेनि लाखौँ ‘रकम फ्रिज’

१३ असार २०७८

१३ असार, रामेछाप ।

रामेछापको मन्थली नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आकस्मिक प्रसूति शल्यक्रिया सञ्चालन गर्न नसक्दा बर्सेनि केन्द्र सञ्चालनका लागि आउने बजेट राज्यकोषमा फिर्ता (फ्रिज) हुँदै आएको छ ।

Advertisement
Advertisement

रामेछापमा आकस्मिक प्रसूति शल्यक्रिया केन्द्र सञ्चालन हुन नसक्दा गर्भवती महिला उपचारका लागि छिमेकी जिल्लाका अस्पताल र राजधानीसम्म धाउन बाध्य छन् । मन्थली नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्रमा दक्ष जनशक्ति भर्ना गर्न नसक्दा यो केन्द्र सञ्चालनमा आउन नसकेको हो ।

आकस्मिक प्रसूति शल्यक्रिया बन्द हुँदा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार लिन आएका गर्भवती महिलालाई स्वास्थ्यकर्मीले काठमाण्डौ रिफर गर्दै आएका छन् । स्वास्थ्यकर्मीले रिफर गरेका कतिपय गम्भीर प्रकृतिका गर्भवती महिलाले एम्बुलेन्समा जाँदै गर्दा बीच बाटैमा अकालमा ज्यान गुमाउनु पर्ने बाध्यता रहेको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीका उपाध्यक्ष वीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

‘प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसूति शल्यक्रियाका लागि आवश्यक पर्ने सबै प्रविधि छन् । त्यस्तै शल्यक्रियाका लागि छुट्टै भवनको समेत व्यवस्थापन गरेका छौँ । तर जनशक्ति नहुँदा आकस्मिक प्रसूति शल्यक्रिया केन्द्र सञ्चालनमा ल्याउन सकेका छैनौँ’, उनले भने ।

यस विषयमा पटक–पटक मन्थली नगरपालिकामा अनुरोध गर्दा समेत नगरपालिकाले बेवास्ता गरेका कारण गर्भवती महिलाले सास्ती खेप्नु परेको उपाध्यक्ष श्रेष्ठले बताए ।

मन्थली नगरपालिकाले गर्भवती महिलाका लागि आकस्मिक प्रसूति शल्यक्रिया तथा नवशिशु स्याहार केन्द्र २०७२ सालदेखि सञ्चालनमा ल्याएको थियो तर निरन्तरता पाउन सकेन । पालिकाले आवश्यक बजेट व्यवस्थापन गरेर सञ्चालन गर्नुको साटो सङ्घीय सरकारबाट आएको बजेटसमेत राज्यकोषमा नै फिर्ता हुँदै आएको छ ।

पालिकाले गएको आर्थिक वर्ष २०७५÷०७६ मा १० लाख ६७ हजार सात सय ५० रुपैयाँ र गएको आर्थिक वर्ष २०७६÷०७७ मा गरी दुई आर्थिक वर्षमा २१ लाख २० हजार सात सय ५० रुपैयाँ रकम खर्च गर्न नसकेर राज्यकोषमा फिर्ता गरेको मन्थली नगरपालिकाका सूचना अधिकारी हेमन्तकुमार बुढाथोकीले जानकारी दिए ।

Advertisement

प्रसूति शल्यक्रिया सेवा बन्द भएपछि चालु आर्थिक वर्ष २०७७÷७८ मा गम्भीर प्रकृतिका ६७ गर्भवती महिलालाई काठमाण्डौका अस्पतालमा रिफर गरिएको मन्थली नगरपालिकाले जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top