×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

अक्सिजन प्लान्ट स्थापना गर्न पुनर्कर्जा

१३ असार २०७८

१३ असार, काठमाडौं ।

नेपाल राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न विशेष पुनर्कर्जा उपलब्ध गराउने भएको छ ।
पुनर्कर्जा कार्यविधि–२०७७ संशोधन गर्दैै राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लाण्ट तथा अक्सिजन प्लाण्ट स्थापना गर्न विशेष पुनर्कर्जा दिने व्यवस्था गरेको हो ।

Advertisement
Advertisement

कार्यविधिको व्यवस्था अनुसार, अब अस्पताल तथा अक्सिजन उद्योगहरुले प्लान्ट स्थापना गर्नका लागि तीन प्रतिशत व्याजदरमा कर्जा पाउनेछन् । यस शिर्षकमा ५० करोडसम्म कर्जा प्रदान गर्न सकिने कार्यविधिमा व्यवस्था गरिएको छ ।

यसैगरी निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका दश मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई पनि पुनर्कर्जा प्रदान गर्न सकिने प्रावधान थप गरेको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै अक्सिजन प्लान्ट स्थापनाका लागि समेत सहुलियत दरको पुनर्कर्जा दिने घोषणा गरेको थियो । बजारमा अक्सिजनको अभाव भएको समयमा केन्द्रीय बैंकले गरेको घोषणालाई कार्यान्वयन गर्नका लागि कार्यविधि संशोधन गरेको हो । राष्ट्र बैंकले २०७८ वैशाख मसान्तमा १ अर्ब २८ अर्ब ४४ करोड पुनर्कर्जा लगानी गरिसकेको छ ।

यसबाहेक २० अर्ब पुनर्कर्जा स्वीकृत भई लगानीको क्रममा रहेको केन्द्रीय बैंकले जनाएको छ । यसैगरी २०७८ वैशाख मसान्तसम्ममा ९५ हजार ८ सय ६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई १ खर्व ४९ अर्ब ७६ करोड कर्जा बक्यौता रहेको छ ।

यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जाअन्तर्गत ४३ हजार ९ सय ९७ ऋणीलाई प्रवाह भएको १०० अर्ब १० करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जाअन्तर्गत ४९ हजार ४ सय ५० महिला उद्यमीलाई प्रवाह भएको ४६ अर्ब ४६ करोड कर्जा रहेको छ ।

Advertisement

सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत २ हजार ३ सय ५९ ऋणीको ३ अर्ब २० करोड कर्जा बक्यौता रहेको छ । ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पु¥याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ वैशाख मसान्तसम्ममा ४८ करोड ६१ लाख रुपैयाँ स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top