×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

निषेधाज्ञाबाट चितवनमा ११ करोडको दूध नोक्सान

१३ असार २०७८

१३ असार, भरतपुर ।

कोरोना भाइरस सङक्रमणको जोखिम हुन नदिन जारी निषेधाज्ञाबाट चितवनका दूग्ध किसान मारमा परेका छन् । ठूलाडेरी उद्योगले दूध खपत नगरेपछि स्थानीयस्तरमा सञ्चालित सहकारीले पनि सङ्कलन गर्न छोडेका थिए । यसले गर्दा किसानको दूध खेर गएको चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घले जनाएको छ ।

Advertisement
Advertisement

सङ्घद्वारा आयोजित पत्रकार सम्मेलन गर्दै निषेधाज्ञाले दूग्ध किसान मारमा परेको जनाएको छ । सङ्घका सचिव किशोर बगालेले भने, “दूग्ध किसान अहिले चौतर्फि समस्यामा छन्, एक त दूध बिक्री नहुनु र अर्कोतर्फ केही उद्योग र विचौलीहरुले मौकामा चौका हान्दै कम मूल्यमा किसानहरुबाट जबरजस्ती दूध सङकलन गरिरहेका छन् ।

” समस्या देखाएर किसानबाट कम मूल्यमा दूध खरिद गरी उपभोक्तालाई महंगो मूल्यमा बेच्ने काम भइरहेको उनले बताए । “किसानबाट कम मूल्यमा खरिद गरेर उपभोक्ताले पनि कम मूल्यमा पाए त राम्रो हुन्थ्यो तर त्यस्तो हुन नसक्दा हामी सबै किसान दुखी छौँ । ”सचिव बगालेले भने ।

उनका अनुसार चितवनमा निषेधाज्ञा जारी भएपछिको ४५ दिनमा रु २० लाख ९० हजार २ सय १४ लिटर दूध खेर गएको छ । यसबाट रु ११ करोड ७ लाख ८१ हजार ३ सय ४२ नोक्सान भएको छ । यस अवधिमा ७७ लाख ९६ हजार २५० लिटर दूध विक्री हुनुपर्दथ्यो । यसबेला दूधको सबैभन्दा बढी खपत हुने बेला पनि हो ।

जिल्लामा ११० सहकारी मार्फत दूध सङ्कलन भएर बिक्री हुने गरेको छ । निषेधाज्ञाका कारण दुई सहकारी बाहेक बाँकी सबै सहकारी बन्द भए । केही सहकारी २०÷२५ दिनसम्म बन्द भए । उद्योगहरु खरिद नगर्ने भएपछि सहकारी बाध्य भएर बन्द भएको सङ्घका उपाध्यक्ष कृष्णप्रसाद सापकोटाले बताए ।

उनले दूधमा पछिल्लो समय उद्योगहरुले मनलाग्दी मूल्य निर्धारण गरेर किसानहरुलाई समस्यामा पारेको बताए । “केही उद्योगहरुले प्रतिलिटर ४० रुपैयाँमा किसानसंग दूध माग्न थालेका छन्, बजारमा चाँही आधा बढीमा बेच्न गरेका छन”

Advertisement

उनले भने, “उद्योगको खरिद चाहनाले दूधको खपत भइरहेको देखाउँछ तर मौकामा चौका हान्दै उल्टै किसानलाई मारमा पारिरहेका छन् ।”जिल्लामा दैनिक तीन लाख १५ हजार लिटर दूध उत्पादन हुने गरेको छ । तीमध्ये अहिले ५० प्रतिशत दूध मात्रै खपत भइरहेको जनाइएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top