×

NEPAL TIMES UPDATES

Playing
को बन्ला नयाँ गृहमन्त्री ? मनिष, कवीन्द्र वा अरु ? || Nepal Times
Apr 22, 2026
Playing
अल नीनोको आशंका बढ्यो, बैज्ञानिकहरुले दिए विश्वलाई चे ताव नी || Nepal Times
Apr 22, 2026
Playing
बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?|| Nepal Times
Apr 22, 2026
Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026

अमेरिकी र इजरायली विदेशमन्त्रीबीच भेटवार्ता तय

१३ असार २०७८

१३ असार, एजेन्सी ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र इजरायलका नवनियुक्त विदेश मन्त्री याईर लापिडबीच आइतबार भेटवार्ता हुने भएको छ । इजरायलमा नयाँ सरकार गठन भएपछि इजरायल र अमेरिकाका वरिष्ट कुटनीतिज्ञबीच पहिलो पटक प्रत्यक्ष भेटवार्ता हुन लागेको हो ।

Advertisement
Advertisement

इजरायलका पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको १२ वर्षे शासन समाप्त गर्न मुख्य भूमिका निर्वाह गरेका याईर लापिडले आफूलाई प्रधानमन्त्रीको दौडबाट ढिलाई गरेर पनि नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गरेका थिए । इजरायलमा नाफ्ताली बेनेटको नयाँ सरकार निर्माणमा भएको सम्झौता बमोजिम लापिड दुई वर्षपछि इजरायलको प्रधानमन्त्री बन्नेछन् ।

विदेश मन्त्री लापिड अमेरिकी विदेश मन्त्रीलाई भेट्न आइतबार रोम प्रस्थान गर्दैछन् । अमेरिकी विदेश मन्त्री ब्लिन्केन पनि युरोपका तीन देशको भ्रमणका लागि आइतबार नै इटाली आइपुग्ने कार्यक्रम छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले इरानसँगको सन् २०१५ को आणविक सम्झौतालाई पुनः अगाडि बढाउने बताइरहेकै अवस्थामा दुई नेताबीच भेटवार्ता हुन लागेको हो । यस सम्झौतालाई इजरायलले कडा प्रतिबाद गरिरहेको छ ।

सन् २०१५ को आणविक सम्झौता बमोजिम इरानले भने आफूमाथि लागेका प्रतिबन्धहरु फुकुवा हुने आशामा आफ्नो आणविक कार्यक्रममा व्यापक कटौती गरेको छ ।

साथै, राष्ट्रपति बाइडेन र विदेश मन्त्री ब्लिन्केनले इजरायल सरकार र प्यालेस्टाइनी इस्लामिक समूह हमासबीच गत मे २१ मा सम्पन्न युद्धबिरामलाई दिगो बनाउन प्रयास गर्नेछन् ।

इजरायली विदेश मन्त्री लापिड एक जना मध्यमार्गी स्वभावका छन् । लापिडले पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको लहैलहैमा लागेर दुई देशबीचको घनिष्ट सम्बन्धलाई कमजोर बनाएको बताउँदै आएका छन् ।

तैपनि, इजरायलको नयाँ सरकारले अझै पनि इरानलाई प्रमुख चुनौतीका रुपमा लिने गरेको छ । केही दिनअघि प्यालेस्टिनीको बसोबास रहेको गाजापट्टीमा हवाई आक्रमण गरे पनि अमेरिकासँगको सम्बन्धलाई पुनः पुरानै लयमा फर्काउन नयाँ सरकार इच्छुक छ ।

Advertisement

अमेरिकी विदेश मन्त्री ब्लिन्केनसँग लाडिपको टेलिफोन संवादपछि इजरायली विदेश मन्त्रालयले दुई नेताले आपसी सम्बन्ध सुदृढ गर्नेबारेमा सहमति भएको जनाएको छ ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top