मन्त्रालयमा रहुञ्जेल पर्यटन क्षेत्रको विकासका लागि काम गर्छु : मन्त्री श्रेष्ठ

१३ असार, काठमाडौं ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री लीलानाथ श्रेष्ठले कोभिड–१९ महामारीका कारण थला परेको पर्यटन व्यवसायलाई माथि उठाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

सिंहदरबारमा आइतवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पदभार सम्हाल्दै उनले आफू मन्त्रालयमा रहुञ्जेल पर्यटन क्षेत्र तथा पर्यटन व्यवसायको विकास र समृद्धिका लागि काम गर्ने बताएका हुन् ।

रहरले नभइ बाध्यताले मन्त्रालयको जिम्मेवारी सम्हाल्नु परेको उल्लेख गर्दै उनले कोभिड–१९ महामारीको अत्यन्तै कठिन अवस्थामा पनि पर्यटन क्षेत्रको सम्मुनत विकासका लागि भिन्न किसिमको कार्ययोजना बनाइ अघि बढ्नुपर्नेमा जोड दिए ।

सरकारले नीति ल्याउने तर कार्यान्वयन तहमा लैजाने जिम्मेवारी कर्मचारीहरूको भएको भन्दै उनले समग्र मन्त्रालयका कामलाई प्रभावकारी बनाउने गरी कार्ययोजना बनाउन मातहतका कर्मचारीलाई निर्देशन दिए ।

उनले भने , ‘मैले थप जिम्मेवारी पाएको कुनै रहरले होइन बाध्यताले हो । अहिलेको परिस्थितिले हो । म जति दिन यहाँ हुन्छु त्यति दिन यो मन्त्रालयलाई कसरी राम्रो गर्न सकिन्छ, गर्नेछु । त्यसमा तपाईँहरू (कर्मचारी) को सहयोग चाहिन्छ ।

तपाईँहरूले नै गर्ने हो । समस्या आउन नदिने गरी काम गर्नुहोस् । नीतिगत कुरा सरकारले गर्ने हो तर कार्यान्वयन कर्मचारीले गर्ने हो । तपाईँहरू राज्य सञ्चालनको स्थायी संयन्त्र हो । कार्यान्वयन गर्ने तपाईँहरूले हो । कठिन अवस्थामा रहेकाले कसरी काम गर्न सकिन्छ भनेर तत्कालीन, मध्य र दीर्घकालीन कार्ययोजना बनाउनुहोस् ।’

मन्त्री श्रेष्ठले नेपाल वायु सेवा निगमले विभिन्न समयमा जहाज किन्दा देखिने गरेका समस्याको पनि अध्ययन गर्ने बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top