×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

लोकसेवाका पदाधिकारी आएसँगै बढुवा प्रक्रिया सुरु

१४ असार २०७८

१४ असार, काठमाडौँ ।

विभिन्न मन्त्रालय, निकाय र प्रदेशहरूमा लामो समयदेखि विभिन्न सेवा समूहका गरी आठ सचिव पद रिक्त रहँदै आएको छ । प्रशासन सेवाका पाँच, इन्जियरिङ सेवाका दुई र वन तथा कृषि सेवाका १ गरी ८ सचिव पद रिक्त रहे पनि समयमा नै पदपूर्ति हुन नसक्दा ती निकायका महŒवपूर्ण काम प्रभावित हुँदै आएको छ ।

Advertisement
Advertisement

लोकसेवा आयोगमा तीन महिनादेखि पदाधिकारी नहुँदा सचिव बढुवा प्रक्रिया अवरुद्ध रहँदै आएको थियो । लोकसेवामा पदाधिकारी आएसँगै सचिव बढुवा प्रक्रिया सुरु भएको हो । समयमा नै पदपूर्ति नहुँदा सचिव बढुवाको मुखमै रहेका वरिष्ठ सहसचिव मर्कामा पर्दै आएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले भने आइतबारदेखि सचिव बढुवा प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ । ‘लोकसेवाका पदाधिकारी आएसँगै सचिव बढुवा प्रक्रिया सुरु भएको छ, अब छिट्टै योग्यताक्रममा रहेका सहसचिवहरू सचिवमा बढुवा हुनेछन् ।

’संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले राजधानीसँग भने । सचिव बढुवा सिफारिस समितिको अध्यक्ष लोकसेवा आयोगको अध्यक्ष रहेन कानुनी प्रावधान छ ।

Advertisement

यो समाचार आजको राजधानी दैनिकमा छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top