×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

गैँडा चोरी शिकारमा संलग्न राजमान मगर पक्राउ

१४ असार २०७८

१४ असार, चितवन ।
चितवन राष्ट्रिय निकुञ्जले गैँडा मारेर फरार भएका अर्का एक व्यक्तिलाई पनि पक्राउ गरेको छ ।

चालु आर्थिक वर्षमा भएका गैडाको ४ वटै चोरी शिकारका घटनामा संलग्न भएका फरार प्रतिवादी गैडाकोट नगरपालिका वार्ड ३ बस्ने ३० वर्षीय राजमान मगर भन्ने राजमान थापालाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement
Advertisement

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले उनी पुर्पक्षका लागि कारागार चलान भएको र उनलाई निकुन्जले लामो समयदेखि निगरानीमा राखेको जानकारी दिए ।

उनीसँगै चालु आव २०७७–७८ हालसम्म २७ जना गैडा तस्करहरु कानुनी कारबाहीको दायरामा आएको अधिकारीले बताए ।

Advertisement

थापा विरुद्ध गैडा मारेर खाग बिक्रि गरेको आरोपमा जिल्ला अदालत नवलपरासीमा दुई र जिल्ला अदालत चितवनमा एक वटा मुद्दा दायर भएको निकुञ्जले जनाएको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top