स्वार्थका लागि केपीले माधवजीको खुट्टा ढोग्न सक्छन् : प्रचण्ड

१४ असार, काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थका लागि जस्तोसुकै सहमति पनि गर्ने बताएका छन्।

विपक्षी गठबन्धनका शीर्ष नेताहरुले सोमबार नागरिक समाजका अगुवा र बुद्धिजिवीहरुसँग गरेको छलफलमा प्रचण्डले सो कुरा बताएका हुन् ।

Advertisement

‘ओली बडो विचित्रको मान्छे हो। व्यक्तिगत स्वार्थका लागि जस्तोसुकै सहमति गर्छन्, जरूरी परेमा माधवजीको खुट्टा ढोग्न सक्छन्। सबै भयो जेपनि गर्छु भन्ने तर केही नगर्ने स्वभाव छ।’ प्रचण्डले भने । ओली गणतन्त्रप्रति पनि इमान्दार नभएको उनको भनाई छ ।

अदालतबारे कुनै टिप्पणी नगर्ने बताउँदै प्रचण्डले सरकार पक्षले अदालतलाई दबाव र प्रभावमा पार्न खोजेको बताएका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top