कोरोना खोपको दुई मात्रा फरक-फरक कम्पनीको लगाउँदा पनि प्रभावकारी हुने अध्ययनको दाबी

१५ असार, काठमाडौं ।

कोरोना भाइरसविरुद्ध लगाइने दुई मात्रा खोप फरक–फरक कम्पनीको लगाउँदा पनि राम्रो नतिजा आउने एक अध्ययनले दाबी गरेको छ ।

बेलायतमा गरिएको एक अध्ययन अनुसार कोरोना सङ्क्रमणलाई रोक्न एक व्यक्तिले फरक कम्पनीको खोप लगाउन सक्नेछन् । फाइजर र एस्ट्राजेनेकाका खोपमा पहिलो मात्रा एउटा कम्पनी र दोस्रो मात्रा अर्को कम्पनीको लगाउँदा प्रभावकारी देखिएको अध्ययनको निष्कर्ष रहेको छ ।

यो विधिमार्फत रोग प्रतिरोधात्मक क्षमतालाई थप बलियो बनाउने विज्ञहरुले दाबी गरेका छन् । भ्याक्सिन आपूर्तिको समस्या भएका देशहरुमा यसको प्रयास गर्न सकिने बेलायतका अनुसन्धानकर्ताहरुले बताएका छन् । केही देशमा कोरोनाविरुद्ध खोपको पहिलो मात्रा र दोस्रो मात्रा फरक÷फरक कम्पनीका दिन समेत थालिएको छ ।

स्पेन, जर्मनीलगायत देशहरुमा एस्ट्राजेनेकाको पहिलो मात्रा लिएका युवाहरुलाई दोस्रो मात्रा फाइजरको दिइएको छ । यस्तै भारतको उत्तर प्रदेशमा पर्ने सिद्धार्थ नगर जिल्लाको एक प्राथमिक केन्द्रमा पनि पनि केही मानिसमा दुई कम्पनीको खोप दिइएको थियो ।

गएको अप्रिलमा २० जनालाई कोभिष्टेलको पहिलो मात्रा दिइएको थियो भने दोस्रो मात्रा कोभ्याक्सिनको दिइएको थियो । उनीहरुलाई फरक कम्पनीका खोप दिनेबित्तिकै तत्काल अनुसन्धान गर्न आदेश दिइएको बीबीसीले जनाएको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top