×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

साउनबाट अनिवार्य गरिँदै इम्बोस्ड नम्बर

१५ असार २०७८

१५ असार, काठमाडौं ।

सरकारले आगामी साउनदेखि सरकारी तथा निजी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने तयारी गरेको छ । साउनदेखि दर्ता हुने नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

Advertisement
Advertisement

विभागका महानिर्देशक नमराज घिमिरेले सवारीसाधनको वैज्ञानिक व्यवस्थापन गर्ने उद्देश्यसहित आगामी साउनदेखि नयाँ सवारीसाधन र नवीकरण हुने सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न लागिएको जानकारी दिए । नयाँ खरिद गरिने दुई पाङ्ग्रे, चार पाङ्ग्रेलगायत सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको छ ।

इम्बोस्ड नम्बर प्लेट जडानका लागि भर्नुपर्ने फारम भर्ने प्रणालीलाई अहिले परिस्कृत गर्नेलगायत सबै प्रकारका प्राविधिक काम पूरा भइसकेको बताउँदै उनले सार्वजनिक, कूटनीतिक नियोग, संस्थानलगायत सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको स्पष्ट पारे ।

सबै प्रकारका पुराना सवारीसाधनको हकमा विभागले सूचना जारी गर्दै ‘लट’अनुसार इम्बोस्ड नम्बर प्लेट जडान गरिने र अबको तीन वर्षभित्र सबै प्रकारका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिने छ । उनले भने “सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेपछि नम्बर प्लेटमा एकरूपताका साथै यातायात विभागमा मुलुकभरिका सवारीसाधनको एकीकृत विवरण प्राप्त हुनेछ । सवारीसाधनको प्रयोग गरी हुने आपराधिक घटनाको अनुसन्धानमा समेत सहजता आउनेछ । ”

इम्बोस्ड नम्बर प्लेटमा ‘रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन’ (आरएफआईडी) डिभाइस जडान गरिएको हुन्छ जसले सवारीसाधन रहेको ठाउँबारे जानकारी दिने गर्दछ ।

सो डिभाइसमा सम्बन्धित सवारीसाधनबारे सम्पूर्ण जानकारी उपलब्ध गराइएको हुन्छ । इम्बोस्ड नम्बर प्लेट जडान भएको सवारीसाधनको ट्राफिक प्रहरीले ‘ब्लु बुक’ हेरिरहनु पर्दैन । प्लेटमा जडान गरिएको आरएफआईडी डिभाइसमा ट्याग गरियो भने सवारीधनीले कर तिरेको वा नतिरेको स्पष्टै देखिन्छ ।

इम्बोस्ड नम्बर प्लेट जडानपछि निकाल्न मिल्दैन । निकाल्नका लागि काट्नै पर्ने भएकाले इम्बोस्ड नम्बर जडान गरिएको सवारीसाधनलाई चोरी गरेर वा गैरकानुनी रूपमा चलाउन नमिल्ने यातायात विभागको दाबी छ ।

इम्बोस्ड नम्बर प्लेटलाई रिडर मेसिनले चेकजाँच गरी सवारीसाधन र सवारी मालिकको सम्पूर्ण विवरण सहजै पत्ता लगाउन सकिने भएकाले यसलाई सुरक्षित मानिएको छ । यो नम्बर प्लेटमा चिप्स राखिएको हुन्छ जसमा सवारीधनी र सवारीका सम्पूर्ण विवरण हुन्छन् ।

Advertisement

विभागका अनुसार इम्बोस्ड नम्बर जडानका लागि दुई पाङ्ग्रे सवारीसाधनका लागि दुई हजार पाँच सय, चारपाङ्ग्रे साना तथा मझौला सवारीका लागि तीन हजार दुई सय र ठूला सवारीका लागि तीन हजार छ सय रुपियाँ राजस्व कायम गरिएको छ । विभागका अनुसार अहिलेसम्म मुलुकभरि १८ हजार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भइसकेका छन् ।
अहिले बागमती प्रदेशबाट मात्र इम्बोस्ड नम्बर प्लेट जडान गर्ने काम भइरहेकोमा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशबाट इम्बोस्ड नम्बर प्लेट जडान सुरु गर्न सम्बन्धित प्रदेश यातायात मन्त्रालय र यातायात कार्यालयहरूमा पत्राचार भइसकेको यातायात व्यवस्था विभागले जनाएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top