×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

धान उत्पादन बढाउन चुनौती, मसिनो र बास्नादार धानलाई प्राथमिकता दिन विज्ञको सुझाव

१५ असार २०७८

१५ असार, काठमाडौं ।

आज राष्ट्रिय धान दिवस मनाइँदै छ । विक्रम संवत् २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

Advertisement
Advertisement

देशको मुख्य अन्नबाली धान खेतीमा प्रोत्साहन गर्न दिवस मनाउने गरिए पनि धान उत्पादन बढाउन भने चुनौती छ । चालु आर्थिक वर्ष २०७७÷०७८ को १० महिनामा ४४ अर्ब ४६ करोडको चामल आयात भएको राष्ट्र बैंकको तथ्याङ्क छ । बर्सेनि चामलको खपत बढिरहे पनि त्यसअनुसार धान उत्पादन हुन सकेको छैन । गएको वर्ष ५६ लाख मेट्रिक टन धान उत्पादन भएको थियो ।

थप ६ हजार टन धान उत्पादन हुन सकेमा नेपाल धानमा आत्मनिर्भर हुने सरकारको दाबी छ । यो वर्ष ६० लाख टन धान उत्पादन गर्ने सरकारको लक्ष्य छ । कृषि मन्त्रालयका अनुसार ६२ लाख मेट्रिक टन धान उत्पादन भयो भने नेपाल आत्मनिर्भर हुन्छ ।

सात वटै प्रदेशमध्ये प्रदेश–१ र लुम्बिनी प्रदेश मात्र धानमा आत्मनिर्भर देखिएको छ अरु सबै प्रदेशमा धान अपुग रहेको तथ्याङ्कले देखाएको छ । धान उत्पादन बढाएर आत्मनिर्भर हुन सबै प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । चामलको आयात घटाउने हो भने मसिनो र बास्नादार धानलाई प्राथमिकता दिनुपर्ने विज्ञको सुझाव छ ।

यो वर्ष मनसुनको सुरुमै पानी परेकाले देशका धेरै ठाउँमा समयमै रोपाइँ सुरु भएको छ । काठमाण्डौ उपत्यकासहित पहाडी र पश्चिम तराईका धेरै ठाउँमा रोपाइँ लगभग सकिएको कृषि मन्त्रालयले जनाएको छ । धान खेतीका लागि यो वर्ष रासायनिक मलको अभाव नहुने पनि सरकारले दाबी गरेको छ ।

यसैबीच असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसानले शक्ति प्राप्तिका लागि दही चिउरा खाने चलन छ ।

Advertisement

यसबेला दही चिउराले शरीरमा शीतलता भइ शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वको रुपमा पनि लिइन्छ । खेतीपाती बाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँछन् ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top