कास्की, तनहुँ र भैरहवामा ठूलो वर्षा : भोलिदेखि मनसुन थप सक्रिय हुने

१४ असार ७८, मंगलबार

१५ असार, काठमाडौं ।

देशका धेरै ठाउँमा रातिदेखि पानी परेको छ । प्रदेश–१, गण्डकी, लुम्बिनी र वाग्मती प्रदेशका केही ठाउँमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गएराति कास्की, तनहुँ र भैरहवामा सबैभन्दा ठूलो पानी परेको थियो ।

सबैभन्दा धेरै पोखरामा गएराति १ सय ३२ मिलीमिटर वर्षा भएको छ भने लमजुङको घोरेढुङ्गा र छिटीमा ८२ मिलीमिटरसम्म पानी परेको छ । यस्तै तनहुँ, भैरहवा विमानस्थललगायत आसपासका क्षेत्रमा ५० मिलीमिटरभन्दा धेरै पानी परेको छ ।

अहिले त्यस क्षेत्रमा पानी पर्न रोकिएको छ । तर, दिउँसोपछि फेरि पानी पर्ने प्रणाली सक्रिय हुन थालेकाले नदी तथा खोला आसपास क्षेत्रका मानिसहरु सजग हुनुपर्ने मौसमविद् निराजन सापकोटाले बताए  । गएराति ठूलो पानी परेकोले मर्स्याङ्दी नदीको बहाव बढिरहेको छ ।

यसैबीच भोलिदेखि मनसुन थप सक्रिय हुने भएको छ । मनसुनी न्यूनचापीय रेखा नेपालको तराई क्षेत्र नजिक रहेकाले भोलिदेखि मौसम सक्रिय भइ प्रदेश–१, प्रदेश–२, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि ठूलो वर्षा हुने महाशाखाको पूर्वानुमान छ । देशका धेरैजसो ठाउँमा ठूलो पानी पर्ने भएकाले पहाडी क्षेत्रमा पहिरो तथा गेग्रान बहावको सम्भावनासमेत रहेको छ ।

नदी तथा खोलानालामा पानीको सतह बढ्ने र यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ । अहिले अलिअलि मात्र सक्रिय मनसुन भोलिदेखि देशको पूर्वी तथा मध्य भू–भागहरूमा सक्रिय भएर वर्षा हुने सम्भावना देखिएको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताए ।

भोलिदेखि १९ गतेसम्म सप्तकोशीका सहायक नदीहरु तमोर, सुनकोशी, नारायणीका सहायक नदीहरु त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी लगायत वाग्मती, कन्काई, कमलामाई तथा प्रदेश–१, प्रदेश–२, वाग्मती र गण्डकी प्रदेशका मध्यपहाडी, चुरे तथा तराईका ससाना खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top