चट्याङ लागेर पर्सामा तीन जनाको मृत्यु, चार घाइते

१४ असार ७८, मंगलबार

१५ असार, वीरगंज ।
चट्याङ लागेर पर्सामा ३ जनाको मृत्यु भएको छ।

मंगलबार बिहान पानीसंगै परेको चट्याङले अन्य ४ जना घाइते भएका छन् । घाइतेमध्ये १ को अवस्था गम्भीर रहेको छ । तीन जना सामान्य घाइते भएका छन्।

मृत्यु हुनेमा पर्साको पटेर्वासुगौली गाउँपालिकामा दुई र जीराभवानी गाउँपालिकामा एक रहेका छन् । पटेर्वासुगौली–४ पथरैयामा भैंसी चराउन गएका सोही वडाको देउरबाना बस्ने ५५ वर्षका रघुबिर यादवको चट्याङ लागेर मृत्यु भएको छ ।

सोही पालिका वडा नम्बर–१ गदियानी बस्ने वर्ष २७ को रोसलान गदीको मृत्यु भएको हो। सोही स्थानका राजबली गदी भने चट्याङ लागेर गम्भीर घाइते भएको र उनको नारायणी अस्पताल वीरगंजमा उपचार भइरहेको पर्सा प्रहरीका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले बताए।

त्यस्तै जीराभवानी गाउँपालिका वडा नम्बर–३ जितपुर बस्ने बर्ष ५० कि असतुरनी देवी थरुनीको पनि चट्याङ लागेर मृत्यु भएको छ। जीराभवानी गाउँपालिकाका चट्याङ लागेर तीनजना समान्य घाइते भएका छन्।

चट्याङले मृत्यु भएका तीनै जनाको घटना स्थलको मुचुल्का गरी शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याउने काम भइरहेको प्रहरीले जााएको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top