पहिरो खस्दा पोखरा–बाग्लुङ सडक सोमवार रातिदेखि बन्द

१४ असार ७८, मंगलबार

१५ असार, पर्वत ।

सोमवार (हिजो) बिहानदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वत–बाग्लुङ सडक खण्ड बन्द भएको छ । पर्वतको कुश्मा नगरपालिका ८ चुवाभिरमा निरन्तर पहिरो झरेका कारण हिजो रातिदेखि सडक बन्द भएको हो ।

त्यस ठाउँमा सडकभन्दा झन्डै ५० मिटरमाथिबाट ठूलो पहिरो झरिरहेकाले अहिले सडक बन्द भएको छ । सडकको दुवै तर्फबाट खसेको पहिरो हटाउने प्रयास भइरहे पनि सडक खुल्न आज बेलुकासम्म लाग्न सक्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक (डीएसपी) विश्वराज अधिकारीले बताए । त्यस ठाउँमा सामान्य वर्षा हुनेबित्तिकै पनि पटक–पटक सडक बन्द हुने गरेको छ ।

सडक बन्द भएपछि मालवाहक ढुवानीका सवारी साधनसँगै एम्बुलेन्स सेवासमेत प्रभावित बनेको छ । कोरोना कहरको महामारीमा सडक बन्द भएपछि बाग्लुङ, म्याग्दी, मुस्ताङलगायतका ठाउँबाट थप उपचारका लागि पोखरा लैजानुपर्ने बिरामीहरू प्रभावित बनेका छन् भने अत्यावश्यक कामका लागि आवातजावत गर्ने सर्वसाधारण पनि मर्कामा परेका छन् ।

सडक बन्द हुँदा साविक धौलागिरिका बाग्लुङ, म्याग्दी र मुस्ताङका लागि आएका सवारी साधन पर्वतको नयाँ पुलमा अलपत्र बनेका छन् भने ती जिल्लाबाट पोखरा, काठमाण्डौका लागि छुटेका सवारीसाधन पनि गन्तव्यमा पुग्न सकेका छैनन् । पहिरो खसेर विद्युत् पोल भाचिँदा हिजो रातिदेखि बन्द धौलागिरिका बाग्लुङ, म्याग्दी र पर्वतमा वितरण गरिएको विद्युत् लाइन आज बिहान ११ बजेमात्रै सुरु भएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top