‘केन्द्रीय सदस्यहरूसँग छलफल गरेर आगामी रणनीति बनाउने सहमति’

१५ असार ७८, मंगलबार

१५ असार, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारी ठमेलमा बसेको उपसभापति विमलेन्द्र निधि र महामन्त्री शशांक कोइरालाको बैठकले केन्द्रीय सदस्यहरूसँग महाधिवेशनबारे छलफल गर्ने निर्णय गरेको छ।

महाधिवेशनमा सभापतिका आकांक्षी रहेका तीन नेताको बैठकले केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने निर्णय गरेको हो ।

Advertisement

‘आजको बैठकमा केन्द्रीय सदस्यहरूसँग छलफल गरी आगामी रणनीति बनाउने सहमति भएको छ ।’ बैठकमा सहभागी एक नेताले भने । महाधिवेशनमा सभापतिका आकांक्षी रहेका नेताहरुसँग छुट्टै छलफल गरिने पनि बताइएको छ ।

यसअघि यी तीन नेताहरुले निधि र कोइराला निवासमा छलफल गरेका थिए । उनीहरुबीच महाधिवेशनसम्म मिलेर जाने सहमति पनि भइसकेको छ । महाधिवेशन नजिकिँदै जाँदा नेताहरुको भेटले तीव्रता पाएको हो ।

Advertisement

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा तय भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top