मंगलबारको सुनुवाइ सकियो, चार नायव महान्यायाधिवक्ताले गरे बहस

१५ असार, काठमाडौं ।

Advertisement

प्रतिनिधिसभा विघटन मुद्दामा मंगलबारको सुनुवाइ सकिएको छ । आज सरकारी पक्षबाट चारजना नायव महान्यायाधिवक्ताले बहस गरेका छन् ।

मंगलबार नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेय, विश्वराज कोइराला, डा. टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईले बहस गरेका छन् । अब सरकारी पक्षलाई बहस गर्न ७ घण्टा ५५ मिनेटको समय छ ।

Advertisement

बहसमा नायव महान्यायाधिवक्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले गरेको कामको बचाउ गरेका छन् । संसद विघटन संवैधानिक भएको उनीहरुको दावी छ ।

नायव महान्यायाधिवक्ता पाण्डेयले प्रधानमन्त्रीका लागि प्रधानमन्त्री ओली र नेपाली कांग्रेसका सभापति देउवा दुवैको आधार स्पष्ट नभएपछि संविधानअनुसार विघटन गरिएको तर्क गरे ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top