माथिल्लो तामाकोशीको ७६ मेगावाट बिजुली २१ गतेदेखि उत्पादन हुने

१४ असार ७८, मंगलबार

१५ असार, काठमाडौं ।

चार सय ५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट यही असार २१ गते सोमवारदेखि विद्युत् उत्पादन हुने भएको छ । ७६÷७६ मेगावाटका ६ युनिट रहेको आयोजनाबाट आउँदो सोमवारदेखि पहिलो युनिटबाट विद्युत् उत्पादन सुरु गर्ने तालिका तय भएको छ । पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमशः विद्युत् उत्पादन हुनेछ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, प्रधानमन्त्रीका विकास विज्ञ गजेन्द्र थपलियासहितको टोलीले आयोजना निर्माणस्थलको अनुगमन पनि गरेको छ । आयोजनाबाट उत्पादित विद्युत् गोंगर–खिम्ती–ढल्केबर २२० केभी प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह गरिने छ । यसका लागि ७६ किलोमिटर लामो खिम्ती–ढल्केबर प्रसारण लाइनको परीक्षण भइरहेको छ ।

१० वर्षअघि सुरु भएको आयोजना पटक–पटक सम्पन्न हुने मिति तोकिए पनि सम्पन्न भएको थिएन । झन्डै ३५ अर्ब रुपैयाँ लागत अनुमान गरिएको माथिल्लो तामाकोशीको लागत बढेर ८० अर्बभन्दा धेरै पुगेको छ ।

भूकम्पले गर्दा झन्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङ मार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, महामारीको रूपमा विश्वभर फैलिएको कोभिड–१९ सङ्क्रमण लगायतले आयोजनाको निर्माण प्रभावित भएको थियो ।

आयोजनाले चरिकोट (दोलखा)–सिंगटी ३५ किलोमिटर सडकमा झन्डै एक अर्ब रुपैयाँ खर्च गरी स्तरोन्नति गरेको थियो । आयोजनाले सिंगटीदेखि बाँधस्थल लामाबगरसम्म सुरुङ मार्गसहित २९ किलोमिटर सडक र सत वटा पक्की पुल बनाएको छ । ख

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top