‘पिक एण्ड ड्रप’ प्रणालीमा सवारी साधन सञ्चालन गर्ने

१५ असार, काठमाडौं ।

काठमाडौं महानगरपालिकाकाले खुल्लामञ्चस्थित बसपार्क हटाएर सबै सवारी साधनलाई पिक एण्ड ड्रप प्रणालीमा सञ्चालन गर्ने भएको छ ।

महानगरको यो निर्णयसँगै अब साना तथा ठूला सार्वजनिक सवारी साधनहरु शहरी क्षेत्रमा लामो समयसम्म एकै स्थानमा रोकिन पाउने छैनन् । यसका साथै उनीहरुले खुल्लामञ्चमा सवारी पार्किङ समेत गर्न पाउने छैनन् ।

काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क हटाएर काठमाडौं टावर निर्माण गर्न थालेपछि बसपार्कलाई खुल्लामञ्चमा सारिएको थियो । अहिले खुल्लामञ्चबाट पनि बसपार्क हटाएपछि यातायात व्यवसायी तथा मजदुरहरुले महानगरपालिकाको निर्णयको विरोध गर्दै आएका थिए ।

महानगरपालिका र यातायात व्यवसायीका प्रतिनिधि तथा मजदुरका प्रतिनिधिहरुबीच मंगलबार भएको छलफलमा छलफलमा एनएसी आसपास, न्युरोड गेट अगाडि र वीर अस्पताल अगाडिको रोडमा नै पिक एण्ड ड्रपको व्यवस्था मिलाउने सहमति भएको नगरप्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए ।

‘साविकमा काठमाडौं महानगरपालिकाकाले सञ्चालन गरेको पुरानो बसपार्क भएको स्थानमा काठमाडौं टावर बनिरहेको छ । त्यसको निर्माण सम्पन्न भएपछि बसपार्क नै बन्ने हो ।

त्यसलाई हामीले अस्थायी रुपमा खुलामञ्चमा सिफ्ट गरेका थियौं,’ उनले भने, ‘खुल्लामञ्चलाई अहिले खुल्लामञ्चकै रुपमा प्रयोग गर्नुपर्ने अवस्था भएकाले त्यहाँबाट सञ्चालित बसहरुलाई पुरानो पिक एण्ड ड्रप पद्धतिमा सञ्चालन गर्नका लागि हामीले व्यवसायी साथीहरुसँग बसेर छलफल ग¥यौं ।’

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top