×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

स्विडेनलाई हराउँदै युक्रेन युरो कप फुटबलको क्वाटरफाइनलमा

१६ असार २०७८

१६ असार, काठमाडौं ।

स्विडेनलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै युक्रेन युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान स्कटल्याण्डको ह्याम्पडेन पार्कमा भएको खेलमा युक्रेनका ओलेक्सान्डर जिन्चेन्को र आर्टिम दोब्भेकले एक÷एक गोल गरे । ​स्विडेनका इमिल फर्सवर्गले एक गोल फर्काए ।

Advertisement
Advertisement

खेलको निर्धारित ९० मिनेट एक÷एक गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय २० औं मिनेटमा आर्टिमले गोल गर्दै युक्रेनलाई जिताए ।

खेलको २७ औं मिनेटमा युक्रेनका जिन्चेन्कोले गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । तर, खेलको ४३ औं मिनेटमा फर्सवर्गले गोल गर्दै स्विडेनलाई एक÷एकको बराबरीमा पुर्याएका थिए ।

खेलको ९९ औं मिनेटमा स्विडेन १० खेलाडीमा समेटिएको थियो । युक्रेनका आर्टिमलाई ट्याकल गरेपछि स्विडेनका मार्कुस डानिलसनले रातो कार्ड पाएका थिए ।

Advertisement

युक्रेनको जितसँगै युरोकपको प्रि क्वाटरफाइनल समीकरण समेत पूरा भएको छ । स्विडेन बाहिरिएको छ । अब युक्रेनले क्वाटरफाइनलमा इंग्ल्यान्डसँग खेल्नेछ । इंग्ल्यान्ड जर्मनीलाई २–० ले हराएर अन्तिम आठमा पुगेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top