इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश

१५ असार ७८, बुधबार

१६ असार, एजेन्सी ।
इटाली सरकारले अब देशमा मास्कको आवश्यकता नभएको जनाएको छ।

Advertisement

सोमबारदेखि घरबाट बाहिर निस्किँदा मास्क लगाउन नपर्ने नियम इटालीले बनाएको छ। यो निर्णयसँगै इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश बनेको छ।

सन् २०२० को फेब्रुअरीमा विश्वका धेरै देशमा कोरोना नफैलँदा इटाली सबैभन्दा नाजुक अवस्थामा पुगेको थियो।

Advertisement

इटाली सरकारले २० राज्यलाई कोरोनाको जोखिम एकदमै कम भएको सूचीमा राखेको छ। इटालीमा कोरोना संक्रमणका कारण हालसम्म एक लाख २७ हजार ५ सय ४२ जनाले ज्यान गुमाएका छन्।

कोरोनाबाट त्यहाँ ४२ लाख ५९ हजार १ सय ३३ जनामा संक्रमित भएको वल्डोमिटरले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top