काँग्रेसको पदाधिकारी बैठक आज बस्दै

१६ असार ७८, बिहीबार

१७ असार, काठमाडौँ ।

Advertisement

नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक आज बस्दै छ ।

पार्टी सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाएका हुन् । बैठकमा कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारीहरु र क्रियाशील सदस्यता छानबिन समितिका संयोजक र सदस्यहरु सहभागी हुनेछन् ।

Advertisement

यसअघि क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन। अन्य दलबाट आएकालाई क्रियाशील सदस्यता प्रदान गर्ने विधिलाई लिएर कांग्रेसभित्र विवाद छ।

कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी कार्यतालिका सार्वजनिक गरिएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top