संक्रमण बढेसँगै इन्डोनेसियाको जाभा र बालीमा दुई साता लकडाउन

१६ असार ७८, बिहीबार

१७ असार, एजेन्सी ।

कोरोना संक्रमणको जोखिम बढेसँगै इन्डोनेसियाको जाभा र बालीमा लकडाउनको घोषणा गरिएको छ । इन्डोनेसियाली राष्ट्रपति जोको विडोडोले संक्रमण बढेको भन्दै यी दुई शहरमा दुई साताका लागि लकडाउन घोषणा गरेका हुन् ।

हाल दैनिक संक्रमित संख्या २० हजारभन्दा बढी रहेका बेला यस लकडाउनबाट दैनिक संक्रमित संख्या १० हजार भन्दा कम पु–याउने लक्ष्य लिइएको छ ।

पछिल्लो समयमा इन्डोनेसियामा होलिडे ट्राभल र डेल्टा भेरियन्टका कारण कोरोना संक्रमित संख्या बढेको बताइएको छ । विज्ञहरुले भने जकार्ता बाहेक अन्य स्थानमा पर्याप्त कोभिड परीक्षण नभएको भन्दै संक्रमित संख्या अझै बढ्न सक्ने बताएका छन् ।

लकडाउन अवधिमा अत्यावश्यक बाहेकका अन्य सबै कर्मचारीले घरबाटै काम गर्नु पर्ने र विद्यालयहरुमा स्वास्थ्य मापदण्ड पालना गरेर पढाइनु पर्ने छ । मल, प्रार्थना क्षेत्र तथा पार्कहरु पनि बन्द रहने छन् ।

दक्षिण पूर्वी एसियाली मुलुकहरुमा इन्डोनेसिया धेरै संक्रमित संख्या भएको मुलुक हो । इन्डोनेसियामा २१ लाख ७८ हजार भन्दाबढी कोरोना संक्रमित भएका छन् भने ५८ हजारभन्दा बढीले संक्रमणका कारण ज्यान गुमाइसकेका छन् । यहाँ दुई लाख ३९ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top