विद्युतीय बस ल्याउन सक्रियता

१७ असार ७८, शुक्रबार

१८ असार, काठमाडौं ।

विद्युतीय बस सञ्चालनका लागि विभिन्न कम्पनीले प्रक्रिया थाल्दै छन् । त्यस क्रममा साझा यातायातले ल्याउन लागेको ४० वटा विद्युतीय बसको टेन्डर आज (शुक्रबार) खुल्दै छ ।
त्यो प्रक्रिया पूरा भई सम्झौता भएको छ महिनामा विद्युतीय बस ल्याउन सकिने साझा यातायातले जनाएको छ ।

साझाले गत चैत १३ गते ४० वटा विद्युतीय बस खरिदका लागि ४५ दिने ग्लोबल बोलपत्र आह्वान गरेको थियो । ४५ दिने बोलपत्र गरिए पनि विश्वव्यापी कोरोनाका कारण ढिलाइ हुन पुुगेको साझा यातायातले जनाएको छ ।

Advertisement

खरिद प्रक्रिया अघि बढेको साझा यातायात सञ्चालक समितिका सदस्य भूषण तुलाधरले जानकारी दिए । उनका अनुसार बोलपत्र खुला गरिसकेपछि करिब डेढ महिना टेन्डरको मूल्याङ्कन गर्न लाग्नेछ । समितिले मूल्याङ्कन गरेपछि सम्झौता गरिने र सम्झौता भएको करिब छ महिनामा विद्युतीय बसहरू ल्याउन सकिनेछ ।

तुलाधरले भने, “कोरोनाका कारण दुुई महिना ढिला भयो, टेन्डरको मूल्याङ्कनपछि सम्झौता हुन्छ । सम्झौता भएपछि मात्र कम्पनीहरूले बस बनाउने भएकाले छ महिनामा बसहरू आउने सम्भावना छ ।

” उनका अनुसार सम्झौतापछि चरणबद्ध रूपमा निर्माणको काम हुनेछ । सुरुमा निर्माण कम्पनीले तीनवटा बस नेपालका सडकमा गुडाएर परीक्षण पास गर्नुपर्नेछ । परीक्षण सफल भएपछि थप बस ल्याइने तुलाधरको भनाइ छ ।

उनका अनुसार सम्झौतामा बस खरिद मात्र नभएर पाँच वर्षसम्म कम्पनीले मर्मत गर्नुपर्नेछ । मर्मतसम्भारका लागि पार्टपुर्जा उपलब्ध गराउनुुपर्नेलगायतका प्रावधान राखेर प्याकेजमै सम्झौता गर्नुपर्ने भएकाले केही दिन ढिलाइ हुनसक्छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले उपलब्ध गराएको तीन अर्ब रुपियाँले नौ मिटर लम्बाइका २६ सिटे ४० वटा बस खरिद गरिनेछ । पहिलो चरणमा ४० वटा बस ल्याउने तयारी छ ।

साझाको स्पेसिफिकेसन बनाउँदै गर्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७६ असोज १ गते सम्झौताअनुसार काम अघि नबढेको भन्दै खरिद प्रक्रिया रोकेको थियो तर २०७७ फागुनमा मन्त्रालयले साझालाई नै खरिद प्रक्रिया अघि बढाउन पत्राचार गरेपछि चैतमा साझाले बोलपत्र आह्वान गरेको थियो । पहिल्यै नरोकिएको भए हाल बस आइसक्ने साझाको दाबी छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top