×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

आन्तरिक र अन्तर्राष्ट्रिय उडान सुचारु

१८ असार २०७८

१८ असार, काठमाडौं ।

बिहीबारबाट आन्तरिक व्यावसायिक उडान सुचारु भएको छ । कोभिड–१९को दोश्रो लहरको रोकथाम तथा नियन्त्रणको लागि सरकारले वैशाख २० गते मध्यरातबाट बन्द गरेको आन्तरिक उडान ६८ दिनपछि बिहीबारबाट नियमित उडान सुरु भएको हो ।

Advertisement
Advertisement

नागरिक उड्डयन प्राधिकरणले बुधबार असार १७ देखि साउन १६ गतेसम्मको लागि आन्तरिक उडान तालिका सार्वजनिक गरेको थियो । सोही तालिका अनुसार बिहीबारबाट उडान सुचारु भएको हो । बिहान ६ बजेबाट वेलुका ६ बजेसम्म हुने उडानका लागि प्राधिकरणले ६ वायुयान कम्पनीका लागि दैनिक ६७ उडान तालिका सार्वजनिक गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार काठमाडौंबाट बुद्ध एयरले ३१, यति एयरलाइन्सले १५, श्री एयरलाइन्सले १० सौर्य ३ तथा सीता, समिट र तारा एयरले ८÷८ उडान अनुमति पाएका छन् । यात्रुको चाप रहेको सुगमका गन्तव्यमा उडान संख्या बढी रहेको छ भने दुर्गमका गन्तव्यमा उडान संख्या कम रहेको जनाइएको छ ।

यात्रुको चाप हेरेर उडान संख्या निर्धारण हुने वायुयान कम्पनीहरुले जनाएका छन् । संक्रमण जोखिम रहेकाले गर्दा र सरकारको निर्देशन बमोजिम सामान्यमा हुने उडानमा भन्दा हाल उडान संख्यामा ५० प्रतिशत कम गरिएको छ । उडानमा कोभिड–१९को रोकथामको लागि सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाको सबै मापदण्ड पालन गर्न अनिवार्य गरिएको छ ।

Advertisement

बिहीबार विभिन्न वायुयानका लागि ५९ उडान भर्ने तालिका भएपनि मौसमका कारण ५१ उडान भएको त्रिभुवन अनतर्राष्ट्रिय विमानस्थल अन्तर्गतको आन्तरिक टर्मिनलले जनाएको छ । जसमा बिहीबार ५ हजार ६ सय १ यात्रुले हवाई यात्रा गरेको विमानस्थलले जनाएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top