छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा बुबा पक्राउ

१७ असार ७८, शुक्रबार

१८ असार, भक्तपुर ।

Advertisement

यौन दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

आफ्नै १५ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।

Advertisement

ती पुरुषले छोरीलाई गत जेठ १० गते बिहान यौन दुर्व्यवहार गरेको भन्ने खबर बिहीबार बेलुका प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top