बघराम हवाई मैदान २० वर्षपछि अफगानिस्तान सरकारलाई हस्तान्तरण

१७ असार ७८, शुक्रबार

१८ असार, एजेन्सी ।

अमेरिकी सेनाले प्रयोग गरिरहेको बघराम हवाई मैदान झन्डै २० वर्षपछि अफगानिस्तान सरकारलाई हस्तान्तरण गरिएको छ ।

सन् २००१ मा अमेरिकामा आतङ्कवादी आक्रमण भएपछि अफगानिस्तानको तालिबान सरकार ढाल्न एवम् आतङ्कवादी सङ्गठन अल–कायदाको संरचना ध्वस्त बनाउन अमेरिकाले बघराम विमानस्थलको प्रयोग गरेको थियो ।

दुई अमेरिकी सैनिक अधिकारीले त्यो विमानस्थल अफगानिस्तानको सेनालाई हस्तान्तरण गरिएको बताएका छन् । बघराम हवाई मैदान हस्तान्तरण गरेसँगै अफगानिस्तानबाट अमेरिकी सेना अब पूर्ण रूपले स्वदेश फर्कन्छ भन्ने आभास भएको छ । हवाई मैदान नै हस्तान्तरण गरेकाले अफगानिस्तानमा पछिल्लो समय तैनाथ दुई

हजार पाँच सयदेखि तीन हजार अमेरिकी सेनाले पनि अफगानिस्तान छाडिसकेको अनुमान गरिएको छ । राष्ट्रपति जो बाइडेनले आउँदो सेप्टेम्बर ११ अघि नै अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता भइसक्ने बताए पनि त्योभन्दा अघि नै अमेरिकी सेना फिर्ता भएका छन् ।

साथै नेटो आबद्ध झन्डै सात हजार सैनिक पनि यही जुलाई ४ भित्रै स्वदेश फर्काउने गरी तयारी भइरहेको छ । धेरैजसो नेटो सैनिक यसै हप्ता विना कुनै घोषणाका साथ अफगानिस्तान छाड्दै छन् । एपीको विश्लेषणमा धेरैजसो युरोपेली देशका सैनिकले साना समारोह गरी अफगानिस्तान छाडिसकेको देखिएको छ ।

संयुक्त राज्य अमेरिकाले सुरक्षाको कारण देखाउँदै अन्तिम अमेरिकी सैनिक कहिले फिर्ता भइसक्छन् भनेर केही बताएको छैन । काबुलमा रहेको हमिद कार्जाई अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षाका कारण पनि अमेरिकाले अन्तिम सैनिकको बिदाइको घोषणा नगरेको हो । टर्की र अमेरिकी सेनाले यस विमानस्थलको सुरक्षा गरिरहेका छन् ।

अमेरिकाले राजधानी काबुलमा रहेको अमेरिकी राजदूतावासको सुरक्षाका लागि ६ सय सैनिक राख्ने बताएको छ । एक पटक सन् २०१२ मा बघराम हवाई मैदानमा एक लाखभन्दा बढी सैनिकको उपस्थिति थियो । राजधानी काबुलबाट झन्डै एक घण्टाको मोटर यात्राबाट बघराम पुग्न सकिन्छ ।

यो दोस्रो पटक हो, अफगानिस्तानमा हस्तक्षेप गर्न एवम् स्वदेश फिर्ता हुन बघरामको प्रयोग भएको छ । सन् १९५० का दशकमा तत्कालीन सोभियत युनियनले यो सैनिक विमानस्थल बनाएको थियो । सन् १९७९ मा अफगानिस्तानमा आक्रमण गर्दा रुसले यही विमानस्थलको प्रयोग गरेको थियो ।

सन् २००१ मा अमेरिकी र नेटो फौजले पनि यही विमानस्थललाई प्रयोगमा ल्याएका थिए । यो विशाल हवाई मैदानमा दुई वटा रनवे छन् । पछिल्लो पटक बनाइएको रनवे १२ हजार फिट लामो छ र यो सन् २००६ मा नौ करोड ६० लाख डलरमा बनाइएको हो ।

बघराम हवाई अड्डा अमेरिकी र नेटो फौजले परित्याग गरेको बारेमा अफगान सरकारले पनि केही बताएको छैन ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top