×

NEPAL TIMES UPDATES

Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026
Playing
सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता हुँदा रविलाई कस्तो राहत ? || Nepal Times
May 23, 2026
Playing
कान्स फिल्म फेस्टिभलमा नेपालले रच्यो इतिहास|| Nepal Times
May 23, 2026
Playing
प्रदेशतिर पुराना दलहरूको “अन्तिम भोज” ? || Nepal Times
May 23, 2026
Playing
अमेरिका छोडेर आफ्नै देशबाट ग्रीन कार्ड आवेदन दिनुपर्ने|| Nepal Times
May 23, 2026
Playing
लुम्बिनी–सुदूरपश्चिममा तातो लहर, सावधानी अपनाउनु || Nepal Times
May 23, 2026
Playing
आफ्नै सेभेन सिष्टर्सका कारण तनावमा भारत, पश्चिम बंगाललाई शसक्त पार्दै|| Nepal Times
May 23, 2026
Playing
ओलीविरुद्ध एमालेभित्र खुला विद्रोह|| Nepal Times
May 23, 2026
Playing
निर्वाचन प्रणाली सुधारमा सहमति बढ्दै, संविधानका आधारभूत सिद्धान्त नचलाउने अडान|| Nepal Times
May 23, 2026

रोनाल्डोको विश्वकप जित्ने सपना टुट्यो

१७ असार २०७५

विराटनगर ःइडिन्सन काभानी नायक बनेपछि विश्वकपको प्रिक्वार्टरफाइनल खेलमा दक्षिण अमेरिकी महारथी उरुग्वेले युरो च्याम्पियन पोर्चुगललाई २–१ गोलले पराजित गरेको छ । क्वार्टरफाइनलमा उरुग्वेको भेट फ्रान्ससँग हुनेछ । अर्जे्न्टिनालाई ४–३ गोलले हराउँदै फ्रान्स यसअघि नै क्वार्टरफाइनलमा पुगिसकेको छ ।

Advertisement
Advertisement

फ्रान्सेली क्लब पीएसजीका स्टार काभानी र बार्सिलोनामा सुपरस्टार लुइस स्वारेजको उत्कृष्ट तालमेलले क्रिष्टियानो रोनाल्डोको टोली पोर्चुगल उरुग्वेसँग निरिह बन्यो । उरुग्वेका डिफेण्डरहरुले सुपरस्टार स्ट्राइकर रोनाल्डोलाई खुलेर खेल्न दिएनन् । समूह चरणको भन्दा सुधारिएको प्रदर्शन गरे पनि उरुग्वेको रक्षापंक्तिले अझै अपेक्षाकृत खेल्न सकेन ।

खेलको सातौं मिनेटमै स्वारेजसँगको सानादार तालमेलमा काभानीले हेडमार्फत सुरुवाती गोल गरेका थिए । उनको गोलले उरुग्वे पहिलो हाफमा एक शून्यले अघि रह्यो । तर, दोस्रो हाफमा पोर्चुगलले खेलमा फर्कने प्रयास गरेको थियो । ५५औं मिनेटमा रफायल गुरेरोको कर्नरमा रियल मड्रिडका पूर्व स्टार डिफेण्डर पेपेले हेडमार्फत बराबरी गोल गरेका थिए ।

तर, ६२औं मिनेटमा राड्रिगो बेन्टेनकरको पासले काभानीले व्यक्तिगत तथा टिमा लागि दोस्रो गोल गरे । त्यसपछि गोल हुन सकेन र उरुग्वे क्वार्टरफाइनलमा प्रवेश गर्न सफल भयो । मेस्सी जस्तै रोनाल्डो पनि विश्वकपको नकआउट चरणमा गोल गर्न असमर्थ छन् ।

Advertisement
Advertisement

३३ वर्षीय रोनाल्डोका लागि यो सम्भवतः करिअरको अन्तिम विश्वकप हुनसक्छ । यद्यपि उनले अहिले नै निर्णय गर्ने समय नभएको बताएका छन ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top