रुकुम पश्चिम : माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप, दुई जना गम्भीर घाइते

१८ असार ७८, शनिबार

१९ असार, रुकुम ।

रुकुम पश्चिममा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

शुक्रवार साँझ आठबिसकोट नगरपालिका–३ खदीमा भएको दोहोरो झडपमा परेर माओवादीका कार्यकर्ताहरु गोपाल विक र राजु विक गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए ।

खदीको तलिगाउँ र माथिगाउँमा रहेका माओवादी र कांग्रेस कार्यकर्ताबीच सामान बोकेर ल्याइएको घोडा र ट्र्याक्टर ठोक्किएको विषयमा विवाद हुँदा झडपको स्थिति सिर्जना भएको थियो ।

झडपमा संलग्न नेपाली कांग्रेसका गोपाल बोहरासहित केहीलाई प्रहरीले नियन्त्रणमा लिएको डीएसपी श्रेष्ठले जानकारी दिए । उनका अनुसार भौगोलिक रुपले विकट र सञ्चार सम्पर्क समेत हुन नसकेको घटनाको थप विवरण आउन सकेको छैन ।

नेपाली कांग्रेस रुकुमले भने पक्राउ परेका भनिएका गोपाल बोहरासहित केही कार्यकर्तालाई माओवादी कार्यकर्ताले हतियारसहित आक्रमण गरेर बेपत्ता बनाएको आरोप लगाएको छ ।

गम्भीर घाइते दुवै जनालाई उद्धारको लागि हेलिकप्टर मगाएको भए पनि खराब मौसमको कारण सम्भव नभएको श्रेष्ठले बताए । अहिले सडक पुगेको ठाउँसम्म एम्बुलेन्स पठाउने र घटनास्थलबाट स्टेचरमा ल्याएर आठबिसकोट नगर अस्पताल ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालयबाट र आठबिसकोट इलाका प्रहरी कार्यालयबाट थप प्रहरी पठाएर स्थिति नियन्त्रणमा लिइएको डीएसपी श्रेष्ठले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top