तनहुँ : सात घर पहिरोको जोखिममा

१९ असार ७८, आइतबार

२० असार, तनहुँ ।

केही दिनदेखि परेको वर्षासँगै आएको पहिरोले शुक्लागण्डकी नगरपालिका–८ मिलीजुली टोलमा एक घरमा क्षति पुगेको छ भने अन्य सात घर जोखिममा परेका छन् । पहिरोले यस टोलका चित्रमाया बानियाँको घर पहिरोले पुरिएर पूर्ण क्षति भएको छ ।

वडाध्यक्ष कृष्णप्रसाद रेग्मीका अनुसार बानियाँको परिवारलाई आफन्तको घरमा स्थानान्तरण गरिएको छ। त्यही ठाउँका इमबहादुर बानियाँ, टुकबहादुर श्रेष्ठ, शिवकुमारी श्रेष्ठ, शान्ति थापा, दिलबहादुर खत्री र कविता भट्टराईको घर जोखिममा रहेकाले स्थानान्तरण गर्नुपर्ने उहाँले बताउनुभयो।

पहिरोले यस वडाका डहरे, मालेबगर, चनौटे, लालिम लगायतका अधिकांश खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । बाढीपहिरोले १२ वटा बाँध र कुलो पूर्ण रुपमा क्षतिग्रस्त भएको छ भने खानेपानीका पाइप पूर्ण रुपमा क्षतिग्रस्त भएको जनाइएको छ । यसैगरी भानु नगरपालिका–१० याङसिङमा पहिरोले एक घर पुरिएको छ । केही दिनदेखि परेको निरन्तर वर्षाका कारण यस ठाउँका प्रेमबहादुर भुजेलको घर पुरिएको हो ।

घरमाथिबाट आएको पहिरोले घर र गोठ पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । पहिरोबाट घरमा रहेका लत्ताकपडा, अन्नपात सबै नष्ट भएको छ भने गोठमा रहेको एक हल गोरु र गाई पुरिएको छ । पहिरोबाट मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top