‘कालो झण्डा लिएर सडकमा जाने अवस्था नभएर कालो क्याप उचालेर विरोध जनाएको हुँ’

२१ असार, काठमाडौं ।

नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य रमेशजङ्ग रायमाझीले राष्ट्रिय सभाको बैठकमा कालो टोपी उचालेर विरोध जनाएका छन् । राष्ट्रिय सभाको सोमवारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य रायमाझीले सडकमा कालो झण्डा लिएर उत्रने अवस्था नरहेको भन्दै राष्ट्रिय सभाको बैठकमा नै कालो क्याप उचालेर प्रतिकात्मक रूपमा विरोध जनाएको बताए ।

शिरदेखि पाउसम्म कालो पोसाकमा बैठकमा सहभागी भएका रायमाझीले देशले थाहा पाओस् भन्दै सरकारको र प्रतिनिधि सभाको विघटनको विरोधमा आफूले कालो झण्डाको रूपमा क्याप प्रस्तुत गरेको बताए । उनले टाउकोमा लगाएको कालो क्याप उठाएर घुमाउँदै सभामा उपस्थित सबैलाई देखाउँदै भने, मैले सिम्बोलिक रूपमा यो सरकारको विरुद्धमा र प्रतिनिधि सभा विघटनको विरुद्धमा यो आवाज उठाइरहेको छु ।

प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरिसकेपछि लाखौँ जनता सडकमा कालो झण्डा बोकेर निस्कनुपर्नेमा कोरोनाको जोखिम बढेकाले निस्कन नसकेको अवस्थामा अलग पोसाकमा उपस्थित भएर सभामा नै प्रतिगमनको विरोध गरेको बताए ।

राष्ट्रिय सभा सदस्य रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकता गुमाइसकेको आरोप लगाएका छन् । प्रधानमन्त्री ओली राजनीतिक, नैतिक लगायत सबै दृष्टिकोणबाट असफल भइसकेकाले असफल प्रधानमन्त्रीको रूपमा साबित भएको उनले दाबी गरे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top