मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेकाे काठमाण्डाैं महानगरकाे दावी

२१ असार ७८, मंगलबार

२१ असार, काठमाडौं ।

काठमाण्डाैं महानगरपालिकाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहेको बताएको छ । सोमवार काठमाण्डाै महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख रविन्द्रमान श्रेष्ठले संवाददातासँग कुरा गर्दै भोलिका दिनमा आइपर्न सक्ने विपद् व्यवस्थापनका लागि महानगरपालिका तयारी अवस्थामा रहेको बताए ।

नदीमा आउने बाढी घरभित्र पसेमा गरिने उद्धार तथा राहतका लागि महानगरपालिका तयार रहेको महानगरपालिका विपद् व्यवस्थापन विभागका प्रमुख श्रेष्ठले बताउनुभयो । बाढी घरभित्र पसेमा सरसफाइ गर्ने लगायतका कामको लागि पनि तयार रहेको उनले बताए ।

आवश्यक जनशक्ति र सामग्री पनि तयारी अवस्थामा रहेको प्रमुख श्रेष्ठले जानकारी दिए । धोबी खोला, बल्खु खोला, वाग्मती, विष्णुमति नदीका किनारमा डुबान हुने कुरालाई ध्यान दिँदै त्यहाँ विपद् प्रतिकार्यका काम सुरु गरिएको पनि उनले बताए ।

उनले भने, नदी सरसफाइको काम केही ठाउँमा गरिएको छ र कति ठाउँमा लोकल र वडाबाट पनि याे नदी सफा गरिदिनुपर्‍याे डुबान हुन्छ भनेर सिफारिस आउँछ । हामीले कहीँ पनि डुबान भएछ, पनि भरिएकाे रहेछ भने त्यहाँ पम्पले तान्ने काम गरेका छौँ । जनशक्तिमा नगर प्रहरी पनि छन् । गाडी, जनशक्ति, सामग्री पनि तयारी अवस्थामा राखेका छौँ

उनले बाढी आएको खण्डमा दुई सय नगर प्रहरी तुरुन्त परिचालन गर्न सकिने जानकारी दिए । र्‍यापिड रेस्पोन्स फोर्समा भने ३० जना प्रहरी तुरुन्त परिचालन गर्न सकिने अवस्थामा रहेको उनले बताए । रेनकोट, बत्ती, गल, रुख काट्ने औजार र स्लिपिङ ब्याग लगायतका अत्यावश्यक सामग्रीको पनि व्यवस्था गरिएको प्रमुख श्रेष्ठले बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top