×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

विद्यालय शान्ति क्षेत्रः कार्यान्वयन माग

१७ असार २०७५

काठमाडौँ, असार १७

निजी शैक्षिक संगठनले विद्यालयलाई व्यावहारिक रुपमा नै शान्ति क्षेत्र कार्यान्वयन गर्नुपर्ने माग गरेका छन् । निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन), नेपाल निजी तथा आवासीय विद्यालय संगठन, नेपाल (एनप्याब्सन) र बृहत् राष्ट्रिय शिक्षा अभियानले आज पत्रकार सम्मेलन गरी सरकारले विद्यालयलाई शान्ति क्षेत्रका रुपमा व्यावहारिक तवरबाट कार्यान्वयन गरेर विभिन्न बहानामा हुने विद्यालय बन्द गर्ने परम्पराको अन्त्य गर्न माग गरे ।

Advertisement
Advertisement

प्याब्सनका कावा अध्यक्ष डिके ढुंगानाले विद्यालय शान्ति क्षेत्र घोषणा भए पनि अहिलेसम्म विद्यालयलाई विभिन्न ढंगले बन्द गराउने काम भइरहेको बताउँदै ‘निजी शैक्षिक संस्थाले शुल्क नबढाए पनि’ अनावश्यक ढंगबाट विद्यालय बन्द गर्न खोजिएको आरोप लगाए । विद्यालय शान्ति क्षेत्र घोषणा भएको एक दशक बित्न लाग्दा पनि विद्यालय बन्दहडतालमुक्त क्षेत्र, बालबालिका शान्तिका संवाहक र विद्यालयका सवारी साधनलाई एम्बुलेन्ससरह मान्यतालाई व्यवहारमा नै मान्यता दिनुपर्ने, बालबालिकाले भयरहित तरिकाले पढ्न, लेख्न र खेल्न पाउने अन्तर्राष्ट्रिय अधिकार, नेपालको संविधानमा मौलिक हकका रुपमा उल्लिखित बालबालिकाको अधिकारप्रति राजनीतिक दल र विद्यार्थी संगठनले गरेका प्रतिबद्धता व्यवहारमा नै प्रयोग गर्न माग गरेका छन् ।

एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले बन्दले पाठ्यक्रमले परिकल्पना गरेको लक्ष्य प्राप्त नहुने भएकाले बन्द नगर्न सरोकारलाई आग्रह गरे । उनले विनाकारण बन्द गर्न खोजिए सरकारले सुरक्षा दिए आफूहरुले विद्यालय सञ्चालन गर्ने बताए। बृहत् राष्ट्रिय अभियानका अभिषेक घिमिरेले शैक्षिक हडतालले विद्यार्थीलाई नकरात्मक असर पर्ने भएकाले वार्ता र छलफलका माध्यमबाट शैक्षिक हडताल फिर्ता लिनुपर्ने माग गरे।

सडकमै पठनपाठन 

आन्दोलनरत विद्यार्थी संगठनले शैक्षिक विकृतिको अन्त्य र वृद्धि भएको शैक्षिक शुल्क फिर्ताको माग गर्दै आज सांकेतिक रुपमा सडकमा नै पठनपाठन गरी प्रदर्शन गरेका छन् । चन्द नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारी समाजवादी विद्यार्थी युनियनका अध्यक्ष विवेक राई, मोहन वैद्य निकट अनेरास्ववियु (क्रान्तिकारी) लगायत संगठनले शैक्षिक विकृतिको अन्त्य र चर्को शैक्षिक शुल्क फिर्ताको माग गर्दै सांकेतिक रुपमा पठनपाठन गरी प्रदर्शन गरे ।

अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष आलोक रायमाझीले आफूले राखेका माग सम्बोधन गर्न सरकारलाई घचघच्याउनका लागि सांकेतिक रुपमा सडकमा नै पठनपाठन गरी प्रदर्शन गरिएको बताए। प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस अगाडि उनीहरुले आज बिहान १० देखि ११ बजेसम्म प्रदर्शन गरेका हुन् । सांकेतिक पठनपाठनमा विद्यार्थी नेताले शिक्षामा भएको निजीकरण र व्यापारीकरणका बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । विद्यार्थी संगठनले शिक्षामा सुधार र वृद्धि शुल्क फिर्ताको माग गर्दै आन्दोलनको घोषणा गरेका छन् ।
रासस

Advertisement

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top