जसपाका दुवै पक्षले निर्वाचन आयोगलाई भन्यो ( हामी मिल्न सक्दैनौं

२२ असार , काठमाडौँ ।

जनता समाजवादी पार्टी (जसपा)का दुवै पक्षले निर्वाचन आयोगलाई आफूहरू मिल्न नसक्ने बताएका छन्।

आयोगले मंगलबार विवाद मिलाउन आयोजना गरेको छलफलमा उपेन्द्र यादव पक्ष र महन्थ ठाकुर दुबै पक्षले आआफ्नो दावी कायम राखेर मिल्न नसक्ने बताएका हुन् । दुबै पक्षले आयोगलाई राजनीतिक दल सम्बन्धी कानुन अनुसार आधिकारिता दिन पनि आग्रह गरेका छन् ।

ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएपछि फुटको संघारमा रहेको जसपाका यादव पक्षले राजनीतिक दल सम्बन्धी ऐन ४३ र ४४ बमोजिम पार्टीको आधिकारिकतामा दाबी गर्दै आयोगमा निवेदन दिएको थियो ।

त्यसपछि आयोगले ठाकुर पक्षलाई १५ दिनभित्र जवाफ दिन भनेको थियो । ठाकुर पक्षले जवाफ दिएपछि आयोगले आपसी सहमति बमोजिम विवाद निरुपण गर्ने प्रयोजनका लागि आज बोलाएको थियो ।

छलफलमा ठाकुर पक्षका ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण, सरदसिंह भण्डारी र यादव पक्षबाट यादवसहित महेन्द्रराय यादव, राजेन्द्र श्रेष्ठलगायत आयोगको कार्यालय पुगेका थिए ।

अब निर्वाचन आयोगले दल दर्तासम्बन्धी ऐनअनुसार आधिकारिकताका लागि दुबै पक्षलाई दावी पेश गर्न आग्रह गर्ने भएको छ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top