सर्वोच्चले संसद् पुनस्स्थापना गराउने र देउवाजी प्रधानमन्त्री बन्नेमा विश्वस्त छु ‍- प्रचण्ड

२१ असार ७८, मंगलबार

२२ असार, काठमाडौँ ।

Advertisement

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गर्ने बताएका छन् ।

माओवादी केन्द्रका केन्द्रिय सदस्य महादेव यादवको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न जनकपुरधाम पुगेका अध्यक्ष प्रचण्डले सञ्चारकर्मीहरुसँग सर्वोच्चले संसद् पुनर्स्थापना गर्ने दाबी गर्दै देउवालाई प्रधानमन्त्री बनाउन परमादेशसमेत जारी गर्ने बताएका हुन् ।

Advertisement

‘यस पटक अदालतले संसद पुनर्स्थापना मात्रै गर्दैन । अदालतमा बुझाएको १ सय ४६ संसदको हस्ताक्षरको आधारमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्ने हामीलाई विश्वास छ।’ उनले भनेका छन् ।

यस्तै, प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतलाई दवाब दिन खोजेको आरोप पनि लगाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top