विराटनगरः विश्वकप फुटबलमा आज प्रि क्वाटरफाइनलका दुई खेल हुदैछन । आज स्पेन र रुस तथा क्रोएसिया र डेनमार्क भिड्नेछन् । रुसको राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा नेपाली समय अनुसार वेलुकी पौने ८ वजे स्पेन र रुसको खेल सुरु हुनेछ ।
समुह बी को विजेता स्पेनले समूह चरणमा ईरानलाई हराएको थियो भने पोर्चुगल र मोरक्कोसँग बराबरी खेलेको थियो । उता आयोजक रुस भने समूह ए को उपविजेता बन्दै नक आउट चरणमा उक्लिएको हो । रुसले समूह चरणमा साउदी अरेबिया र ईजिप्टलाई हराउँदा उरुग्वेसँग पराजित भएको थियो ।
आजै राति पौने १२ वजे निझ्नी नोभ्गोरोद रंगशालामा क्रोएसिया र डेनमार्क भिड्नेछन् । क्रोएसिया समुह डि को विजेता तथा डेनमार्क समुह सि को उपविजेता बन्दै राउण्ड अफ सिक्सटिनमा पुगेका हुन् ।
समूह चरणमा अर्जेन्टिनालाई ३—० ले हराएको क्रोएसियाले नाईजेरिया र आईसल्याण्डलाई पनि पराजित गरेको थियो । उता डेनमार्कले भने पेरुलाई १—० ले हराउँदा अष्ट्रेलिया र फ्रान्ससँग बराबरी खेलेको थियो ।
आज क्रोएसिया र डेनमार्क दुबै टोली विश्वकपको पहिलो उपाधिको खोजीमा छन् । यसअघि हिजो भएको पहिलो प्रि क्वाटरफाइनलका खेलमा फ्रान्स र उरुग्वे विजयी हुदै क्वाटरफाइनलमा प्रवेश गरेका छन । फ्रान्सले अर्जेन्टिना तथा उरुग्वेले पोर्चुगललाई पराजित गरेको हो । फ्रान्सले अब क्वार्टरफाइनलमा उरुग्वेसँग खेल्नेछ ।