वायु सेवा निगममा तालाबन्दी, प्रहरी र कर्मचारीबीच घम्साघम्सी

२१ असार ७८, मंगलबार

२२ असार, काठमाडौं ।

नेपाल वायु सेवा निगममा कर्मचारीले तालाबन्दी गरेका छन् । निगमलाई निजी कम्पनीमा रूपान्तरण गरेर विस्तार निगम नै खारेज गर्ने षड्यन्त्र भइरहेको भन्दै ट्रेड युनियनमा आबद्ध कर्मचारीले तालाबन्दी गरेका हुन् ।

कर्मचारीले लगाएको ताला प्रशासनले नेपाल प्रहरी बोलाएर फुटाउन खोजेको थियो तर कर्मचारीले विरोध गरेपछि प्रहरीसँग घम्साघम्सी भएको छ । ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरेर आफूहरूलाई तितरबितर पार्न खोजिएको एक कर्मचारीले जानकारी दिएका छन् ।

कम्पनीमा रूपान्तरण गर्नका लागि भन्दै निगमले प्रबन्ध पत्र र नियमावली संशोधन गरेर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा प्रस्ताव पेस गरिसकेको छ ।

कर्मचारीहरूले आजै अर्थ मन्त्री विष्णु पौडेलको समेत ध्यानाकर्षण गराएका छन् । कुनै हालतमा पनि निगमलाई निजीकरण गर्न नदिने कर्मचारीको अडान छ ।

निगम सञ्चालक समितिको गएको असार १४ गते बसेको बैठकले निगमको शेयर बेचेर निजीकरण गर्ने प्रस्ताव पारित भएको थियो । प्रस्तावमा ३० प्रतिशत विदेशी कम्पनी, १४ प्रतिशत नेपाली हवाई सेवा वा पर्यटन तथा सर्वसाधारण समूह र पाँच प्रतिशत निगमका वर्तमान र पूर्वकर्मचारीलाई शेयर बेचेर निजीकरण गर्न सकिने उल्लेख छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top