हाइटीका राष्ट्रपतिको हत्याका सम्भावित चार अभियुक्त मारिए

२३ असार ७८, बिहीबार

२४ असार, एजेन्सी।
हाइटीका राष्ट्रपति जोभिनल मोइसको हत्यामा संलग्न भएको आशंका लागेका चार व्यक्तिको प्रहरीको गोली लागेर ज्यान गएको छ।

हाइटी प्रहरीका अनुसार बुधबार राष्ट्रपति मोइसको घरमै भएको हत्यापछि भएको खोजी अभियानको क्रममा घटनामा संलग्न भएको आशंकामा रहेका चारजनाको गोली लागेर मृत्यु भएको हो।

अरु दुईजनालाई नियन्त्रणमा लिन सफल भएको प्रहरीले जानकारी दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

अझै केही सम्भावित अपराधीको खोजी जारी रहेको अधिकारीहरुले बताएका छन्। राजधानी पोर्ट–ओ–प्रिन्समा उनीहरुको खोजी भइरहेको हो।

प्रहरी प्रमुख लियोन चार्ल्सले भनेका छन्, ‘उनीहरुलाई कि नियन्त्रणमा लिइने छ, कि मारिने छन्।’

५३ वर्षका राष्ट्रपति मोइसको गोली हानी हत्या भएको हो भने उनकी श्रीमती घाइते भएकी छन्। बुधबार घरमै प्रवेश गरेर उनीहरुमाथि आक्रमणकारीले गोली प्रहार गरेका हुन्।

राष्ट्रपति मोइसको पोर्ट–ओ–प्रिन्स स्थिति निजी निवासमा आक्रमणकारीहरु स्थानीय समय अनुसार बुधबार प्रवेश गरेका थिए।

आक्रमणमा गम्भीर घाइते भएकी प्रथम महिला मार्तिनी मोइसको स्थानीय अस्पतालमा उपचारपछि अमेरिकाको फ्लोरिडा लगिएको छ। उनको त्यहाँ उपचार भइरहेको र अवस्था स्थिर रहेको जनाइएको छ।

भर्खरको समाचार

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

सम्बन्धित समाचार

Scroll to Top