साँझ पुनः बस्नेगरी एमाले कार्यदल बैठक स्थगित, सहमतिलाई अन्तिम रुप दिने तयारी

२४ असार, काठमाडौँ ।

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक स्थगित भएको छ ।

केही समय ढिला गरी सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको बैठक आन्तरिक गृहकार्य गर्नका लागि समयको आवश्यकता परेको र बिहीबार साँझ पुनः बस्ने गरी कार्यदल बैठक स्थगित भएको कार्यदल सदस्य सुवास नेम्वाङले जानकारी दिए ।

‘विभिन्न आन्तरिक गृहकार्यको तयारी गर्नुपर्ने भएकोले बैठक केहीबेर स्थगित गरेका हौँ । आज साँझ ७ बजे फेरि बैठक बस्नेछौँ’ उनले भने ।

कार्यदलको छलफल निष्कर्षउन्मुख र सकारात्मक रुपमा अघि बढेपछि बुधबार साँझ नक्सालस्थित होटेल मेरियटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो ।

आजको बैठक बस्नुअघि ओलीपक्षका कार्यदल सदस्य विष्णु पौडेल र नेपालपक्षका कार्यदल संयोजक भीम रावलबीच २ घण्टा वार्ता भएको थियो । त्यसपछि नेता रावल वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top