दक्षिण कोरिया श्रमिक पठाउन तयारी, ५ हजार डलरको कोरोना बिमा

२४ असार ७८, शुक्रबार

२५ असार, काठमाडौं ।

Advertisement

सरकारले रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत दक्षिण कोरिया जाने श्रमिकको कोरोना बिमा गरेर पठाउने भएको छ ।

नेपाली श्रमिकहरू कोरिया पुगेको १४ दिनसम्मको लागि ५ हजार डलर अर्थात् यो समाचार तयार पार्दाको विनिमय दर अनुसार झण्डै ६ लाख रुपैयाँ बराबरको कोरोना बिमा गरेर पठाउने वैदेशिक रोजगार विभाग इपीएस कोरिया शाखाले जनाएको छ ।

Advertisement

श्रमिकको कोरोना बिमाको लागि सेवा प्रदान गर्न इच्छुक बिमा कम्पनीलाई सुचीकृतका लागि विभागले शाखाले आह्वान पनि गरेको छ । इपीएस प्रणाली अन्तर्गत भाषा परीक्षा पास गरेर लामो समयदेखि हजारौँ नेपालीहरू कोरिया उड्ने प्रतीक्षामा छन् ।

पछिल्लो समय दक्षिण कोरियाले विभिन्न सर्तसहित नेपाली श्रमिकले लिन सहमत भएको वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताए। नेपालबाट कोरिया सिधा उडान हुनुपर्ने, क्वरेण्टीनमा बस्नु पर्ने र रोजगारीका लागि जाने श्रमिकका लागि बिमा हुनु पर्ने लगायतका सर्त कोरियाले राखेको छ । जसअनुसार कोरोना बीमाका लागि आह्वान गरिएको महानिर्देशक दवाडीले बताए।

Advertisement

‘श्रमिक पठाउनका लागि हामी तयारी अवस्थामा बस्नेछौँ, कोरियाले पठाउ भनेपछि हामी पठाउनेछौँ,’ महानिर्देशक दवाडीले भन्नुभयो,‘उसको कति डिमाण्ड पठाउँछ, त्यस अनुसार नै श्रमिक पठाउने हो ।’

यदि नेपालबाट गएका श्रमिकलाई कोरियामा १४ दिन भित्रमा कोरोना देखिएका उपचार खर्च कोरोना बिमाले समेट्ने छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top