अभिनेत्री जेनी कुवँरको पशुपति आर्यघाटमा अन्त्येष्टी

२४ असार ७८, शुक्रबार

२५ असार, काठमाडौं ।

Advertisement

अभिनेत्री तथा निर्माता जेनी कुँवरको शुक्रबार पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ । उनको पार्थिव शरीरलाई भतिज जीवन कुँवरले दागबत्ती दिए ।

कुँवरले बिहीबार बेलुका करिब ८ बजेतिर काठमाडौंको थापागाउँस्थित सनराइज सिटी अपार्टमेन्टको तेस्रो तलामा उनकै फ्ल्याटमा झुन्डिएर आत्महत्या गरेकी थिइन् ।

Advertisement

अन्त्येष्टी अगाडि उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति क्षेत्रमै केही घन्टा राखिएको थियो । उनलाई श्रद्धाञ्जली दिन चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, कोषाध्यक्ष सुनिल कटुवाल लगायत कार्यसमिति पदाधिकारी सबै, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी, आइडल डिजाइनरका सुन्दर श्रेष्ठलगायत थुप्रै कलाकर्मी पुगेका थिए । उनको शवमा कलाकार संघको झण्डा समेत ओढाइएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top