नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा

२५ असार ७८, शनिबार

२६ असार, काठमाडौं ।

Advertisement

साविक विजेता नोभाक जोकोभिच विम्बल्डन टेनिसको फाइनलमा प्रवेश गरेका छन् । गएराति लण्डनमा भएको खेलमा क्यानडाका डेनिस सापोभालोभलाई पराजित गर्दै जोकोभिच उपाधि नजिक पुगेका हुन् ।

जोकोभिचले सापोभालोभलाई तीन शून्यको सोझो सेट ७–६, ७–५ र ७–५ को सेटमा हराएका हुन् ।

Advertisement

जोकोभिचले अब उपाधिका लागि इटलीका माटियो बेरेटिनीसँग खेल्नेछन् । पहिलो सेमिफाइनलमा पोल्यान्डका हुबर्ट हुकाजलाई पराजित गर्दै माटियो फाइनल पुगिसकेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top